Photo of Milford Sound in New Zealand

एजेन्सी–खाडी देशहरुले नाकाबन्दी लगाएपछि संकटमा परेको कतारलाई थप संकटमा पर्ने देखिएको छ ।

नाकाबन्दी लगाएका ६ देशहरुले सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप कार्यक्रम पनि रद्द गर्न माग राखेका छन् ।

यएइ, साउदी अरबिया, इजिप्त, बहराइन, यमन र मउरिटानियाले कतारलाई विश्वकप आयोजना गर्नबाट रोक्न आग्रह गरेका हुन् ।

उनीहरुले कतार आतंककारीहरुको गढ भएको भन्दै यस्तो आग्रह गरेका हुन् ।फिलिपले नोट गर्दै फिफाका प्रमुख जियानी जियानी इन्फान्टिनोलाई भनेका छन्,‘कतारलाई नाकाबन्दी लगाउँदै आइरहेका ६ देशहरुले फिफालाई चेतावनी दिएका छन् ।

उनीहरुले कतारमा विश्वकप भए फ्यानहरु र खेलाडीहरुको सुरक्षामा ठुलो चुनौती हुनेछ ।

कतार आतंककारीको आधार शिबिर रहेको उनीहरुले बताउँदै आइरहेका छन् ।

उनीहरुले कतारमा विश्वकप आयोजना गर्नबाट कतारलाई बञ्चित गराउनु पर्ने माग राखेका छन् ।’सन् २०२२ मा हुने भनिएको विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने सुची रहेको छ । सन् २०१० मा कतारलाई विश्वकप आयोजना गर्ने अधिकार प्राप्त भएको थियो ।

साभार नेपालीपत्र

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t6efGO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top