Photo of Milford Sound in New Zealand

काठमाडौं, फागुन २७ – नेपाली कलकारका लागि मात्रै नभएर अन्य देशका कलाकारलाई बलिउडको पर्दा निकै ठूला लाग्छ र छ पनि । यसले धेरैलाई रोजगारी दिएको छ । बलिउडलाई धेरै देशका कलाकारले काम पाउने ठाउँ भनेर पनि भनिन्छ । विशेषगरी युरोपियनहरुले त्यहाँ डेरा जमाएका छन् । बलिउडको पर्दा विश्वभरी नै प्रख्यात छ ।

जहाँ एउटा सानो कामले एक कलाकारको भाग्य फेरिन्छ । बलिउडमा बाह्य देशका कलाकार जो आफ्नो मेहनत र परिश्रमले स्थापित भएका कलाकारहरु थुप्रै छन् । जसमा नेपाल पनि पर्छ ।नेपालका केही कलाकारहरुले बलिउडमा आफूलाई स्थापित गराएका छन् । मनिषा कोइराला, उदित नारायण झा यसका ज्वलन्त उदाहरण हुन् । आज हामी बलिउडमा गएर काम गरेका नेपाली सेलिब्रेटीहरुको बारेमा चर्चा गर्दैछौ ।

मनिषा कोइराला

नेपालमा जन्मिए पनि मनिषा कोइरालाले भारतमा आफुलाई अलग्गै रुपले चिनाइन् । मनिषा बलिउडका चर्चित नायिका मध्येकी एक हुन् । पढाईको सिलसिलामा भारत पुगेकी मनिषाले मोडलिङबाट आफ्नो अभिनय यात्रा शुरु गरिन् ।

सन् १९९१ को सौदागर फिल्म उनको पहिलो बलिउड फिल्म थियो । अकेले हम अकेले तुम , अग्नि साक्षी, मन, मेहबुबा लगायत थुप्रै फिल्ममार्फत सबैको मन जित्न सफल नायिका मनिषाले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला देखाईन् । उनले अभिनय गरेका नेपाली फिल्महरु फेरि भेटौला र धर्मा हुन् । सन् २०१० मा नेपालका सम्राट दाहालसँग मनिषाले बिहे गरिन्, तर मनिषाको वैवाहिक जीवन भने सफल भएन ।सन् २०१० मा भएको बिवाह सन् २०१२ मा डिभोर्समा परिणत भयो । भर्खरै मात्र क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषा दक्षिण भारतीय फिल्म गेम मार्फत अभिनय क्षेत्रमा फर्कदै छिन् । उनका भाइ सिदार्थ कोईराला पनि बलिउड अभिनेता हुन् ।

उदितनारायण झा

नेपालको सप्तरी जिल्लामा जन्मिएका गायक उदितनारायण नेपालका राम्रा र चर्चित गायक हुन् । सुरिलो स्वरका धनी उदितले आफ्नो आवाजलाई नेपालमा मात्र सीमित राखेनन् । उनले आफ्नो आवाजमार्फत बलिउडमा पनि तहल्का मच्चाईदिए । उदितले बलिउडमा सन् १९८० मा फिल्म उन्निस बीसको गीतमार्फत आफ्नो गायनकलालाई प्रस्तुत गर्ने मौका पाएका थिए । उनको लागि यो मौका निकै नै राम्रो भयो । त्यसपछि यिनले बलिउडमा लगातार गीतहरु गाउने मौका पाए । तर जब उनले डर फिल्मको जादु तेरी नजर खुस्बु तेरा बदन बोलको गीतमा आवाज दिए त्यसपछि उनको आवाजको चर्चा बलिउडमा चुलिन गयो । सन् १९८० देखिको उनको यो यात्राले अहिले पनि निरन्तरता पाईरहेको छ । उनले हिन्दी फिल्ममा मात्र नभएर दक्षिण भारतीय चलचित्रहरुमा पनि आवाज दिएका छन् ।

उषा पौडेल

नेपालको जनकपुरमा जन्मेकी नेपाली अभिनेत्री उषा पौडेलले दर्जनौ नेपाली फिल्ममा काम गरेकी छिन् ।उनले गोधुली, तिम्रो माया, प्यारी बहिनी, गगां, क्रोध, जस्ता नेपाली फिल्मबाट पनि सबैको मन जितेकी उषाले आफ्नो अभिनय कलालाई बलिउडमा पनि प्रस्तुत गरिन् ।उनले बलिउड दुनियाँमा पनि केहि टेलिसिरियलहरुमा अभिनय गरिन् ।साहारा वनको तुजसँग प्रित लगाई सजना, जय जय जय बजरंग बली, अदालत र चिन्टु चिङकी और एक बढिसी लव स्टोरी उनले अभिनय गरेका टेलिसिरियलहरु हुन् ।बलिउडमा अभिनय गर्दा गर्दै उनको यात्रा अमेरिकासम्म पुगेको छ ।

सुनिल थापा

काठमाडौंमा जन्मिएका सुनिल थापाले नेपाली चलचित्र साथसाथै बलिउडका आधादर्जन जति चलचित्रमा काम गरेका छन् ।नेपाली सिनेमा उद्योगमा चिनो ,आगो, ठुल्दाई, तँ त सारै बिग्रिस नि बद्री लगायतका थुप्रै चलचित्रमा काम गरेका अभिनेता सुनिल थापाले बलिउडमा एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, अलवेला, नसिववाला र भर्खरै मात्र उनले हिन्दी फिल्म मेरी कोममा काम गरेकाथिए ।

भोलाराज सापकोटा

नेपालको मकवानपुरका अभिनेता भोलाराज सापकोटा पनि बलिउडमा काम गर्ने नेपाली अभिनेता हुन् । उनले चर्चित फिल्म बर्फीमा अभिनय गरेका छन् । सन् २०१२ आएको फिल्म बर्फीका कारण भोलाको चर्चा पनि बढेको थियो । उनले अनुराग बासुको आगामी फिल्ममा पनि काम गर्दैछन् ।

विल्सन बिक्रम राई

भाइ मस्ट बी क्रेजी बाट बलिउड डेब्यु गर्न लागेका विल्सन बिक्रमले नेपाली हाँस्य ब्यङग्यमा राम्रो पहिचान बनाएका छन् । उनी एक स्थापित हाँस्य कलाकार हुन् । हाल उनी बलिउडमा ब्यस्त छन् । फिल्म भाइ मस्ट बि क्रेजीमा शाहिद कपुर, पंकज कपुर सुनिल ग्रोभर ,सुनिल थापा लगाएतका कलाकारको अभिनय रहने छ । पहिलो फिल्ममै बलिउडका स्थापित कलाकारहरुसँग काम गर्न पाएका विल्सनको बलिउड करियरले कस्तो मोड लिने हो त्यो भने भविष्यले नै बताउनेछ ।

सृष्टी श्रेष्ठ

मिस नेपाल सृष्टी श्रेष्ठले पनि बलिउडमा काम गर्ने नेपाली सेलिब्रेटीमा पर्छिन् । उनले फिल्म ज्याकपटको कभी जो बादल बर्से बोलको गीतमा मोडलिङ गरेर एकाएक चर्चा बटुलेकी थिईन् ।त्यहि चर्चाले उनलाई नेपाली सिने क्षेत्रमा फाइदा पुगयो । अहिले उनी नेपालकी महंगी नायिका बनीसकेकी छिन् । एक गीतमा मोडलिङ गरेको लाखौ लिने श्रृष्टीले अभिनय गरेको फिल्म गाजलु छिट्टै रिलिज हुनेछ ।

झरना बज्राचार्य

नेपाली सिने क्षेत्रमा स्थापित अभिनेत्री झरना बज्राचार्य पनि बलिउडमा काम गर्ने नेपाली सेलिब्रटी मध्येकी एक हुन् । उनले सन् २००४ मा आएको फिल्म लभ ईन नेपालमा अभिनय गरेकी छिन् । बलिउडमा स्थापित हुने चाहाना भएपनि उनलाई बलिउड फिल्मले भन्दा नेपाली फिल्मले फाइदा पुर्‍यायो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uGqz1V
via IFTTT

0 comments:

Post a Comment

add

 
Top