Photo of Milford Sound in New Zealand

भारतको यूपीस्थित गाजियाबाद जिल्लामा श्रीमानले श्रीमतीको निकै सानो कुरामा हत्या गरेका घटना सार्वजनिक भएको छ । खाना ढिलो दिएको भन्दै अवैध हतियारको प्रयोग गरी एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

स्रोतका अनुसार ५० वर्षीया सुनैना आफ्ना ५५ वर्षीय अशोकसँगै बस्थिन् । शनिबार राती अशोक कामबाट घर फर्किएपछि उनले सुनैनालाई खाना पस्किन भने । सुनैनाले खाना दिन ढिलाइ गरेपछि अशोक रिसले आगो भए र कोठामा गएर बन्दुक निकालेर उनको कनचटमा हानिदिए ।

गोली लाग्ने बित्तिकै सुनैनाको मृत्यु भयो । गोली चलेको आवाज सुनेर वरिपरिका मानिस उनीहरुको घर आए । जसका कारण अशोकले भाग्ने मौका पाएनन् । यद्यपी, आरोपी आफैंले पुलिससमक्ष आत्मसमर्पण गरे र आफ्नो अपराध स्विकार गरे ।

पुलिसले अशोकलाई पक्राउ गरेको छ । अशोक र सुनैनाको विवाह भएको २५ वर्ष भइसकेको छ । दुबैका दुई सन्तान छन्, उनीहरुको पनि विवाह भइसकेको बताइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sFktgL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top