आन्तरिक मन्त्रालयले आफ्नो रेसिडेन्सि पर्मिट(कतारीआइडी) जुनसुकै बेला अनिवार्य रुपमा बोक्न सबै बासिन्दालाई आग्रह गरेको छ ।हिजो भारतीय आप्रवासीहरुका लागि अल आरबी स्पोर्टस क्लबमा आयोजित इफ्तार कार्यक्रममा बोल्दै मन्त्रालयको सार्वजनिक सम्बन्ध विभागका प्रमुख फैसल अल हुदवीले आफ्नो पहिचान दिने एकमात्र प्रमाण नै आइडी भएको कारण आइडी हरेक समय बोक्न सुझाव दिएका छन्।
त्यस्तै सम्बन्धित कर्मचारीले आग्रह गरेको बेला आइडी देखाउनुपर्दछ र देखाउन नसकेको खण्डमा १० हजार रियाल सम्मको जरिवाना हुनसक्ने नियम रहेको जानकारी दिए।साथै फोटोकपी पनि मान्य नहुने उनले थपे।
कतार प्रबेश गर्नको लागि नागरिकले हरेक विमानस्थलहरुमा अनिवार्य रुपमा आइडी देखाउनुपर्दछ र बिना आइडी कतार प्रबेश गर्न पाइने छैन् ।
त्यस्तै कुनै संकास्पद व्यत्तिले आइडीको सोधपुछ गरेमा जोकोहीले पनि पहिला सो व्यत्ति सम्बन्धित कर्मचारी हो होइन भनि आइडी मार्फत नै सोध्न पाउने अधिकार रहेको छ।कतारमा आइडी सोधपुछ गर्ने अधिकार आन्तरिक मन्त्रालय अन्तर्गतको अल फज्जा प्रहरी,सिआइडी र लागु औषध रोकथाम र कार्यन्वयका कर्मचारीहरुमा रहेको हिजोको कार्यक्रममा मन्त्रालयका ती कर्मचारीले थप जानकारी दिए।
आइडी हराएमा वा बिग्रेमा के गर्ने ?
आइडी कतार भित्रै हराएको खण्डमा आप्रवासी नागरिकले आफ्नो कम्पनी मा तुरुन्त खबर गर्नुपर्दछ ।कम्पनीको संम्बन्धित कर्मचारीले पासपोर्ट निर्देशानलय कार्यलयको कुनै शाखामा गई आइडी हराएको नागरिकले आफ्नो पासपोर्ट बुझाई नयाँ आइडी लिनसक्नेछन् । नयाँ आइडीको लागि दुईसय कतारी रियाल जरिवाना भर्न पर्ने हुन्छ ।
आइडी कतार बाहिर हराएमा आप्रवासी नागरिकले हराएको देशमा निवेदन दिई आधिकारिक रिपोर्ट आफ्नो कम्पनीमा पठाउनु पर्नेहुन्छ ।त्यसपछि कम्पनीले रिर्टन पर्मिट निकाल्नेछ । त्यसको लागि पनि दुईसय कतारी रियाल लाग्दछ ।कम्पनीले रिर्टन पर्मिट आइडी हराएको नागरिकलाई उसको देशमा पठाएको खण्डमा कतार प्रवेश गर्न सकिन्छ । कतार प्रवेश गर्नसाथ नागरिकले पासपोर्ट निर्देशानलय कार्यलयको कुनै शाखामा गई नँया आइडी लिन सक्नेछन्।
source qnkhabar
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rK4nkH
via IFTTT
0 comments:
Post a Comment