Photo of Milford Sound in New Zealand

पछिल्लो समयका चर्चित नृत्य निर्देशक हुन् शंकर बिसी । एक दशकयता निरन्तर नेपालमा बनेका म्युजिक भिडियोहरुमा सबैभन्दा बढी काम गर्ने नायक एवं निर्देशक सुचीमा पनि उनको नाम अग्रस्थानमा आउँछ ।

हँसिलो स्वभावका यिनले अहिलेसम्म १६ सय म्युजिक भिडियोमा आफैँ नाचेका छन् भने लगभग ४ हजार जति म्युजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् । नेपालगञ्जमा जन्मिएका शंकर बिसीले अहिलेको स्थानसम्म आइपुग्नको लागि निकै संघर्ष र दुःख गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

हालका चर्चित नृत्यांगनाहरु सबैलाई नृत्य सिकाउने गुरु शंकर बिसी केहिबर्ष अघि नेपालका चल्तीका नायकहरुको पछाडी साईड डान्सर भएर नाच्थे भने अहिले उनीहरुलाई नृत्यका अनेक स्टेपहरु सिकाउँछन् । १५ हजार विद्यार्थीका गुरु शंकर बिसीले काठमाडौंको कमलादीमा श्रीकृष्ण फिल्म सेन्टर खोलका छन् जसमा उनले नृत्य सिकाउनुका साथै गीतसंगीत र म्युजिक भिडियाका सबै कामहरु गर्छन् ।

६० भन्दा धेरै चलचित्रमा समेत नृत्य निर्देशन गरिसकेका शंकर बिसीको सोच गिनिज बुकमा नाम लेखाउने पनि रहेको छ । त्यसकै लागि उनी भदौमा अमेरिका जादैँ छन् । गज्जबको अनलाईनसँग कुरा गर्दै शंकरले भने, ‘गिनिज बुकको सम्पुर्ण काम अमेरिकामा हुने रैछ । त्यसको लागि भदौमा गीतहरु लिएर अमेरिका जाँदैछु । त्यहाँ गएपछि यसको कामहरु सम्पन्न गर्नेछु ।’

गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेका शंकरको बारेमा जान्न मन लाग्यो भने उनलाई विकिपिडियामा भने भेट्टाईदैँन । यति धेरै चर्चापरिचर्चा चलिरहँदा पनि तपाईलाई विकिपिडियामा किन भेट्टाउन सकिएन भन्ने प्रश्नमा उनले आफुलाई यो बिषयमा थाहै नभएको बताए । उनले भने, ‘मलाई यो बिषयमा थाहा नै थिएन । तर अब कसरी राख्न सकिन्छ भन्ने बारेमा बुझ्नेछु ।’ हजारौँ म्युजिक भिडियोका निर्देशक शंकर बिसीले छिट्छै नै गिनिज बुकमा नाम लेख्न र विकिपिडियामा खोज्दा भेट्न सकौँ । हाम्रो तर्फबाट शुभकामना । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t2kcYz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top