नायिका स्वेता खड्काको लागि भारतका चर्चित गायक कुमार सानु नेपाल आएका छन् । उनी नायिका स्वेता खड्काको ‘स्वेता श्री फाउन्डेशन’को सहयोगका लागि भन्दै नेपाल आएका हुन् । गायक सानुले असार ३१ गते आफ्नो लाईभ प्रस्तुति दिनेछन् । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ पाँच तारे होटलमा हुनेछ र टिकटको मुल्य पाँच हजार राखिएको छ । उठेको रकम ‘स्वेता श्री फाउन्डेशन’का नाममा हुनेछ । ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मुभेज इन्टरनेशनलले आयोजना गर्न थालेको हो । उक्त कन्सर्ट होटल याक एन्ड यतीमा हुनेछ । सोनुसँगै नेपालका चर्चित गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना, स्मिता घिमिरेले, नायिका नीशा अधिकारी, जीतु नेपालले पनि प्रस्तुति देखाउनेछन् ।
कुमार सानुले गाएका नेपाली गित कति ?
‘पुरानो हुँदैन् माया’, ‘म त अब रिसाउँछु, फूल भए जीन्दगी, साँची राँखु जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुई थोपा आँशु’ लगायत ५ सय बढी गीत गाएका छन् ।
बलिउडमा कति गाए गित ?
बलिउडमा उनले ‘तुजे देखा तो ए जाना सनम’, ‘लड्की बडि अन्जानी हे’, ‘एक लड्कीको देखा तो’, ‘ए कालि कालि आँखे’, ‘अब तेरे बिन’, ‘जनम मेरि जनम’, ‘तुम दिलकि धड्कन मे’ लगायत सयौँ चर्चित गितहरु गाएका छन् ।
उनले हालसम्म झण्डै १८ हजार गित गाएका छन् ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sTFuVx
via IFTTT
0 comments:
Post a Comment