Photo of Milford Sound in New Zealand

सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन….
तारादेवीको यो चर्चित गीतको सानो हरफले नै मानिसको जीवनको बारेमा धेरै कुरा बताएको छ । बास्तवमा जीवन मानिसले चाहेको या योजना बनाएको जस्तो सिधा र सरल रेखामा सलल कहिल्यै बग्दैन । यो बक्र रेखा जस्तै बाङ्गोटिङ्गो भएर हिड्छ । जस्ले गर्दा मानिसले चाहेको भन्दा फरक कर्म गर्नुपर्ने हुन्छ । रहरको कर्म गर्न नपाएर समयले अर्कै बनाएका मानिस हाम्रो समाजमा धेरै छन् । त्यस्तै चाहना एकापट्टि भए पनि समय परिस्थितिले कलाकार बनाएका केही सेलिब्रेटीको बारेमा हामीले आज चर्चा गर्दैछौँ । आजको यो सामाग्रीमा १० सिने सेलिब्रेटहरु अभिनयमा नआएको भए के बन्थे ? त्यसलाई समेटिएको छ ।

आर्यन सिग्देल
अभिनेता आर्यन सिग्देल अभिनेता नभएको भए आर्मी बन्न सक्ने ठूलो सम्भावना थियो । उनका बुवा आमाले छोरो आर्मी भएको हेर्ने ठूलो ईच्छा राखेका थिए । विरेन्द्र सैनिक आर्मी स्कुलमा पढ्दा उनलाई आर्मीको स्पर्शले नछोएको पनि हैन । तर उनले त्यसलाई भन्दा पनि अभिनयलाई प्राथमिकता दिए । उनी यसमै सफल भए । आमा बुवाको सपना पूरा गर्न सकेनन् । आर्यनले आफूले आमा बुवाको सपना पुरा गर्न नसकेको कुरा सिनेमा ‘पुर्नजन्म’को प्रमोशनको समयमा बताएका थिए । यो सिनेमामा आर्मीको कथा समावेश गरिएको थियो ।

नम्रता श्रेष्ठ
अभिनेत्री नम्रता श्रेष्ठ नेपाली सिनेमाकी महंगी अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनले अभिनय गरेका प्राय सिनेमाहरुले करोड क्लबमा प्रवेश भएकै हुन्छन् । अहिले सफल अभिनेत्रीको परिचय बनाएकी नम्रतालाई बालबालिकाहरु खुबै मन पर्छ । यहि कारण उनी अभिनेत्री नभएको भए बाल मनोचिकित्सक बन्ने थिएँ भन्छिन् ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका कार्की अभिनेत्री नभएको भए एयर होस्टेज हुने सम्भावना बलियो थियो । उनकी आमा एयर होस्टेज हुन् । यहि क्रममा कहिले काही आमासँग जाँदा उनलाई पनि एयर होस्टेजको लागि प्रस्ताव आउने गर्थ्यो । तर उनलाई अभिनय र ग्ल्यामर क्षेत्र मन पर्ने भएकाले यसमै केन्द्रित भएर काम गरिन् । सन् २००५ मा मिस टिनको उपाधी जिते पछि प्रियंकालाई यो क्षेत्र मन पर्न थालेको थियो । मिस टिन भएपछि प्रियंकाले विभिन्न बिज्ञापनमा काम गर्ने अवसर पाईन् । पछि कान्तिपूर टेलिभिजनमा प्रस्तोता भएर पनि काम गरिन् ।
टेलिभिजनमै काम गर्ने क्रममा उनी सिनेमा पढ्न अमेरिका हान्निईन् । अमेरिका गएर सिनेमा पढेर नेपाल आएपछि प्रियंका लगातार एक पछि अर्को सिनेमामा व्यस्त छिन् ।

निशा अधिकारी
अभिनेत्री निशा अधिकारी जसरी पनि यहि क्षेत्रमा सक्रिय हुने बताउँछिन् । उनी अभिनेत्री नभएको निर्देशक हुने थिईन् । सुरुमा उनलाई अभिनयमा नभयर निर्देशनमा लाग्ने ईच्छा थियो । तर उनी अभिनेत्रीको रुपमा स्थापित भईन् । अभिनयमा अब्बल निशाले सगरमाथा आरोहण गर्ने पहिलो अभिनेत्रीको रेकर्ड पनि राखेकी छिन् । फस्ट लभ, मायाज बार, मेरो देश, मिशन पैसा सिरिज, आभास, जय परशुराम, लुटेरा, सुनगाभा लगायतका सिनेमामा उनको अभिनय छ ।

गौरी मल्ल
गौरी मल्ल बाल्यकालमा निकै सोझी थिईन् । यहि कारण उनलाई बाठो बनाउन भन्दै परिवारले कराँते खेल्न पठाएको थियो । कराँते खेल्न गएपछि आफू डन भएर निस्किएको गौरी बताउँछिन् । तर स्वभाव केटा मान्छेको जस्तो भएका कारण उनलाई कराँतेबाट निकालियो जुन कुरा गौरीले केही समय अघि हामीलाई बताएकी थिईन् । गौरी अभिनेत्री नभएको भए खेलाडी बन्ने थिईन् । उनकी बहिनी भने राष्ट्रिय खेलाडी हुन् । आफूले खेलाडीको परिचय बनाउन नसकेकोमा गौरीलाई बेलाबेलामा पछुतो हुने गरेको छ ।

प्रदीप खड्का
अभिनेता प्रदीप खड्का यतिबेला विदेशमा हुन्थे । उनले अस्ट्रेलिया जाने सम्पूर्ण तयारी गरेका थिए । तर २०७२ सालमा भएको विनासकारी भुकम्पले उनको त्यो यात्रा रोकि दियो । अस्ट्रेलिया जाने निधो गरेका प्रदीपलाई त्यहि समयमा सिनेमा ‘प्रेमगीत’को प्रस्ताव आयो । उनले सिनेमा गर्ने निधो गरे । उनलाई एउटै सिनेमाले नेपालको सफल हिरोको परिचय दियो । हाल उनी अभिनित सिनेमा ‘प्रेम गीत २’ रिलिज हुने तयारीमा छ । त्यस्तै उनी सिनेमा ‘दीपेन्द्र सरकार’मा पनि अनुबन्धित भएका छन् । यदि सिनेमामा नआएको भए प्रदीप यतिबेला विदेशी भूमिमा हुन्थे ।

पूजा शर्मा
अभिनेत्री पूजा शर्मा मिडियाबाट सिनेमामा आएकी अभिनेत्री हुन् । हिमालयन टेलभिजनमा फिल्मी रिपोर्टरको रुपमा काम गर्दा गर्दै सिनेमामा काम गर्ने मौका पाएकी पूजा ऐयर होस्टेज बन्न चाहन्थिन् । उनले एयर होस्टेजको लागि तयारी नगरेकी पनि हैनन् । सायद उनको भाग्यमा एयर होस्टेज बन्न लेखेकै थिएन । एयर होस्टेज बन्नका लागि तयार पारिएका केही कागजातहरु अझै पनि आफूसँग भएको पूजा बताउँछिन् । हाल उनी अभिनेत्रीका साथसाथै निर्मात्री पनि बनेकी छिन् । उनले लगानी गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ असार ३० मा रिलिज हुँदैछ ।

साम्राज्ञी राज्य लक्ष्मी शाह
साम्राज्ञी राज्य लक्ष्मी शाहलाई भने पहिले देखि नै ग्ल्यामर क्षेत्र मन पर्थ्यो । उनलाई लाईमलाईटमा आउन मन पर्ने भएपनि उनले सिनेमाको बारेमा भने सोचेकी थिईनन् । उनी ईन्टरनेशनल मोडल बन्न चाहिन्थन् । सिनेमामा आउनु भन्दा पहिले उनी मोडलिङमा सक्रिय थिईन् । केही बिज्ञापनहरुमा काम गरेपछि उनले सिनेमा ‘ड्रिम्स’मा काम गर्ने मौका पाईन् जुन मौकाले उनको जीवनलाई पूर्णरुपमा परिवर्तन गरिदियो । पहिलो सिनेमा नै सफल भएपछि उनी अहिले लगातार एकपछि अर्को सिनेमामा व्यस्त छिन् । उनको दोस्रो सिनेमा ‘ए मेरो हजुर २’ रिलिजको तयारीमा छ ।

स्वस्तीमा खड्का
स्वस्तीमा खड्का छोटो समयमा धेरै चर्चा पाउने अभिनेत्रीमा पर्छिन् । ईन्जिनियरिङकी बिद्यार्थी स्वस्तीमा अभिनेत्री नभएको भए ईन्जिनियर नै हुन्थिन् । तर उनले ईन्जिनियरिङ अध्ययन गर्दागर्दै मिस टिनमा सहभागिता जनाईन् र मोडलिङ सुरु गरिन् । त्यसपछि उनी सिनेमामा आईन् । ‘होस्टेल रिटन्र्स’बाट सिने करिअरको सुरुवात गरेसँगै उनको अध्ययन पनि रोकियो । अहिले उनी सिनेमामै व्यस्त छिन् । उनलाई अध्ययनको लागि समय निकाल्न धौ धौ परिरहेको छ जसकारण उनी ईन्जिनियरिङ क्षेत्रलाई अलबिदा भनेर ईन्टेरिअर डिजाईनिङ पढ्ने सोचमा पुगेकी छिन् ।

अश्लेषा ठकुरी
नव अभिनेत्री अश्लेषा ठकुरीले प्लस टु साईन्स गरेर दुई वर्ष एम बी बि ए अध्ययन गरिन् । यस हिसाबले उनी त डाक्टर बन्नु पर्ने मान्छे । तर आखिरमा उनी पनि अभिनय क्षेत्रमै प्रवेश गर्दैछिन् । थियटर हुँदै सिनेमामा प्रवेश गरेकी अश्लेषा सन्तोष सेनको आगामी सिनेमा ‘प्रेम गीत २’ बाट डेब्यु गर्दैछिन् ।
अश्लेषा मेडिकल सेक्टर छाडेर सिनेमामा आउनुको कारण हो एक दुर्घटना । उनी स्कुटी दुर्घटनामा परेर ६ महिना आराम गर्नु परेका कारण पढाई बीचमै छाड्नु परेको बताउँछिन् । अध्ययन छुटेपछि उनले थियटरसँगै सोसियल वर्क अध्ययन गर्न थालिन् ।
डाक्टरका अलाव उनलाई सेफ बन्न पनि मन थियो । अहिले पनि उनी आफूलाई राम्रो कुक भएको बताउँछिन् । source:forseenetwork

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rK7GtJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top