Photo of Milford Sound in New Zealand

काठमाडौं । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । खबर अनुसार सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुई जनाको मृत्यु भएको बताइएको छ ।यद्यपि दार्जीलिङ पोष्टले मृतकको संख्या ५ पुगेको बताएको छ ।

घटनामा दर्जनौं घाइते भएका छन् । त्यहाको स्थिति अहिले पनि तनाबग्रस्त भएको बताइएको छ । यहि घटनालाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले गोजमुमोको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् । बेनर्जीले उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग रहेको समेत बताएकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tecMyJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top