Photo of Milford Sound in New Zealand

काठमाडौं, १४ असार । डाक्टरले असार ३ गते सन्तान जन्मने मिति तोकेपछि श्रीमतीले पटकपटक फोन गरेर इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत दीपक मास्केलाई घर आउन आग्रह गरे पनि इन्स्पेक्टर योगेन्द्र हमालले सुत्केरी हुँदैमा घर जानुपर्छ र भनिदिँदा एकप्रकारले डिप्रेसनमा परेका थिए उनी ।

दोहोरो चेपुवामा एकसुरेजस्तै बनेका दीपकले गाँजासेवन गर्न थाले । धादिङ जिल्ला घर भई तीन वर्षअिघ मात्र असइबाट जागिरमा आएका निश्चल तामाङकी श्रीमती महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत छिन् । १० दिने बिदा मिलाएर श्रीमान्लाई भेट्न आउँदै थिइन् । तर, जुन दिन श्रीमतीले फोनमा मुग्लिन आउने जानकारी गराइन्, त्यसै दिन नारायणगढ खण्डको कालीखोलामा गएको पहिरोमा परी उनीहरुको ज्यान गयो ।

गत बिहीबार चारकिलोमा गएको पहिरो पन्छाएर फर्केका असई निश्चल, बारा निजगढका चालक प्रज दीपक मास्के, जवान इच्छाकामना गाउँपालिका ३ चुमखोला चितवन घर भएका लीलाबहादुर चेपाङ, तनहुँ जिल्ला मानेचोकाका सन्दीप कार्की कालीखोला आइपुग्दा ससानो ढुंगा खसिरहेका थिए ।

मालवाहक गाडीमध्ये एउटा ट्रकको ड्राइभरले असईसा’ब, ढुंगा खसिरहेको छ, एकछिन रोकिनू भन्दै थिए तर चालक दीपकले कटिहालिन्छ नि भनी अघि बढेको केही मिनेट बित्न नपाउँदै उनीहरु सवार ना१झ १३९० नम्बरको प्रहरी भ्यानलाई पहिरोले बगायो । छोटो समयमै मुग्लिनबासीको आँखाको नानीजस्तै बनेका असई निश्चल र चालक मास्केको लाश भोलिपल्ट कालीखोलादेखि झण्डै सय मिटर तल क्षतविक्षत अवस्थामा फेला पर्‍यो । जनआस्था साप्ताहिकमा अञ्जनकुमार हिमालीले खबर लेखेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukuxMr
via IFTTT
28 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top