Photo of Milford Sound in New Zealand

यो इस्वी सम्वत् २०१७ सालको जुन महिना हो। कञ्चनजंघाको चुचुरोमा सधैंजस्तै घाम निस्किरहेकै छ। तर त्यसलाई क्यामेरामा कैद गर्नेहरु मानिसहरु भने छैनन्।

पूरा उत्तर भारत चर्को गर्मीको मारमा छ।

यता, दार्जिलिङमा मानिसहरु स्वेटर र ज्याकेट लगाइरहेका छन्।

यो मौसममा देशका विभिन्न भागबाट गर्मी छल्न यहाँ मानिसहरु आउँथे।

उत्तरबंगालको पहाडी इलाकाको अर्थव्यवस्थाको मुख्य आधार नै पर्यटन हो।

तैपनि दार्जिलिङमा मानिसहरु आ-आफ्नो दोकान बन्द गरेर बसेका छन्।

उनीहरु सडकमा छन्।

उनीहरु आन्दोलन गरिरहेका छन् र ‘वी वान्ट गोर्खाल्याण्ड’ अर्थात् छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन्।

यो क्रममा भएका हिंसामा केही मानिसको ज्यान गइसकेको छ।

केही घाइते भएका छन्।

प्रहरीले केहीलाई गिरफ्तार गरेको छ।

तैपनि मानिसहरु मानिरहेका छैनन्।

उनीहरुको आन्दोलन दिनहुँ कडा हुँदै गइरहेको छ।

उनीहरुले काम गर्न पाइरहेका छैनन् तैपनि उनीहरुलाई केही चिन्ता छैन।

उनीहरु खुशीनै छन्।
‘निडर’

प्रसिद्ध स्तम्भकार एवम् गोर्खा जनमुक्ति मोर्चाका सल्लाहकार स्वराज थापा यो अस्मिताको लडाइँ भएको बताउँछन्।

मानिसहरु आफ्नो पेटको चिन्ता नगरी आन्दोलनमा सहभागी भइरहेका छन्।

थापाले बीबीसीसँग भने, “यो कुनै एक पार्टीको नेताको लडाइँ होइन। यो दार्जिलिङ, कालिम्पोङ र कर्सियांग इलाकामा पहाडमा बस्ने लाखौं मानिसहरुको लडाइँ हो। हामी आफ्नो अस्मिता रक्षाका लागि गोर्खाल्याण्ड चाहन्छौं”।

उनी भन्छन्, “हाम्रो यो माग १०० वर्षभन्दा बढी पुरानो हो। तर यसपटक पहाडमा मानिसहरु अन्तिम लडाइँ लड्दैछन्। यो लडाइँ गोर्खाल्याण्ड नलिइकन अन्त्य हुनेछैन”।
चोक बजारमा नारा

‘वी वान्ट गोर्खाल्याण्ड, गोर्खाल्याण्ड-गोर्खाल्याण्ड। गोर्खाल्याण्ड चाहिन्छ, चाहिन्छ-चाहिन्छ। हाम्रो माग गोर्खाल्याण्ड’।

आन्दोलनकारीहरुले नेपाली तथा अंग्रेजीमा नाराहरु लगाउँदै छुट्टै गोर्खाल्याण्ड राज्यको माग गरिरहेका छन्।

चोक बजारमा नारा लगाइरहेका मानिसहरुमध्येका एसके दर्नालले बीबीसीसँग भने, “यो लडाइँ लेप्चा, भुटिया वा गोर्खाको होइन। यो लडाइँ पूरै पहाडको हो। अधिकारका लागि हो जसमाथि बंगाल सरकारले कब्जा जमाएको छ”।

उनी भन्छन्, “हामी सिमानाको रक्षा गर्छौं। तर सरकार हाम्रोमा प्रहरी पठाएर गुण्डागर्दी गर्छ। यो हामीलाई सह्य छैन। तपाईंहरु हामीलाई गोर्खाल्याण्ड ल्याउन मद्दत गर्नुहोस्”।
संकटको कारण

खासगरी अहिलेको संकटको मूल कारण नौ कक्षासम्मका विद्यार्थीका लागि बांग्ला भाषाको पढाइ अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको घोषणा हो।

यो घोषणाबाट रुष्ट मानिसहरुले गत जुन ८ मा मन्त्रिपरिषद्को बैठकमा भाग लिन पुगेकी मुख्यमन्त्री ममता बनर्जीलाई कालो झण्डा देखाए।

विरोध गरिरहेका मानिसहरु राजभवनमा छिर्ने कोसिस गरे।

त्यसलाई रोक्न प्रहरीले लाठी र अश्रु ग्याँस प्रहार गर्यो।

उक्त घटनामा कैयौँ मानिस घाइते भए।
बन्दको अपील

यसपछि गोर्खा जनमुक्ति मोर्चाले जुन १२ मा पहाडमा अनिश्चितकालीन बन्दको घोषणा गर्यो।

सरकारी कार्यालयहरुमा नजान र तिनलाई बन्द गराएर सरकारको विरोध गर्न आह्वान गरियो।

त्यसपछि मुख्यमन्त्री ममता बनर्जीले कार्यालयमा अनुपस्थित हुनेको तलब काट्ने आदेश दिइन्।

त्यति बेलासम्म परिस्थिति बिग्रिसकेको थियो।

तथापि जुन १५ मा मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीको छापापछि स्थिति नियन्त्रणभन्दा बाहिर गयो।

गोर्खा जनमुक्ति मोर्चाले जुन १५ देखि अनिश्चितकालीन बन्दको घोषणा गरिदियो।

यसको व्यापक असर परिरहेको छ।
अब के होला?

गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले आफूहरुले केन्द्र सरकारसँग कुराकानी गर्न चाहेको बताए।

उनी भन्छन्, “मैले गृहमन्त्री राजनाथ सिंहसँग भेटघाटको लागि अपील गरेको छु। अब कतिखेर वार्ता गर्ने भन्नेबारे निर्णय गर्ने दायित्व सरकारको हो”। BBC

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sNEkxB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top