Photo of Milford Sound in New Zealand

कुश्मा—बागलुङको सीमा मालढुंगामा मंगलबार राती ४१३ नम्वरको ट्याक्सीमा चरेश ल्याउदै गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्ने क्रममा एक व्यक्ति भागेर बेपत्ता रहेका छन । कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका व्यक्तिको २४ घण्टा वितिसक्दा पनि प्रहरीले खोजी नगरेको भन्दै आफन्जहरुले सडक अवरुद्ध गरेका हुन ।

बानपा ३ बस्दै आएका सुनिल पुनलाई गत राती प्रहरीको नियन्त्रणबाट भाग्दै कालीगण्डकीमा हाम फालेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले बताए ।

‘बेपत्ता व्यक्तिको खोजी भइरहेको छ । अहिलेसम्म पत्ता लागेको छैन ।’ डिएसपी खड्काले भनेँ । प्रहरीले दुवै तर्फबाट घेरा हालेपछि पुन कालिगण्डकीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेका अन्य दुईजनाबाट अनुसन्धान भइरहेको छ । घटनास्थल आसपासका क्षेत्रमा आफन्तले समेत खोजीकार्य गरेपनि बुधबार साँझसम्म पुनको अवस्था पत्ता लाग्न सकेको छैन् ।

दुई व्यक्ति प्रहरी नियन्त्रणमा
ट्याक्सीमा सवार अन्य २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बेपत्ता व्यक्ति प्रहरी नियन्त्रण पर्ने डरले मालढुंगासम्म पुगेको प्रहरीको अनुमान छ । ‘कालीगण्डकी नदीको तिर सम्म पुगेको हो । पछ्याउँदै जाँदा काली तर्न खोजेको थियो रातको समय भएकाले बग्यो या डुव्यो भन्ने पत्तो लागेन ।’ डिएसपी खड्काले बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान लागू औषध प्रहरीले बरामद गरेको छ ।

कुश्मा देखि मालढुंगामा सवारी जाम
सडक अवरुद्ध भएपछि कुश्मा देखी बागलुङसम्म चल्ने सवारी बीचमै रोकिएका छन । चक्काजाम खुलाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पहल गरिरहेको छ । अहिले आफन्तजन समक्ष छलफल र पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आफन्तले सहज रुपमा पक्राउ गर्न सकिने आधार हुदाँ हुदै जवरजस्ती हामफाल्ने अवस्था बनाएको आरोप लगाएका छन । घेराबन्दी गरेर कालिगण्डकीमा हाम फाल्ने अवस्था सृजना गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ । karnalikhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sTjZmO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top