Photo of Milford Sound in New Zealand

काठमाण्डौ । अहिले धेरैजसो युवाको सपना विदेश छ । घरपरिवार पनि छोराको नागरिकता, पासपोर्ट बनाइदिएर उसलाई विदेश पठाउन चाहन्छ । त्यसको एकमात्र कारण हो हाम्रो देशमा रहेको रोजगारीको समस्या । तर, मेहनत र लगनका साथ काम गर्ने हो भने देशमै पनि केही गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण छन् हामीसामू ।

त्यसकै एक उदाहरण हुन्, युवा व्यवसायी केपी भण्डारी ।०४८ सालमा दाङको विकट क्षेत्र रामपुर–८ मा जन्मिएका भण्डारीले २६ वर्षकै उमेरमा सफल व्यवसायीको रुपमा आफूलाई चिनाएका छन् ।

विभिन्न दुःख, कष्ट र समस्याबाट गुज्रिए तापनि साहस र हौसलाका साथ अघि बढेका भण्डारी आज पश्चिम नेपालमा आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएका छन् ।सामान्य खेती किसानी गरेर जिविकोपार्जन गर्ने परिवारमा जन्मिएका भण्डारीको बाल्यकाल कम कष्टपरक थिएन । घाँस–दाउरा गर्नुपर्ने, गोठालो जानुपर्ने, खेती–किसानीमा पनि परिवारका सदस्यलाई साथ दिनुपर्ने । बिहानै चार बजे उठ्नुपर्ने बाध्यता । स्कुलको पढाइ पनि त्यति राम्रोसँग नचलेको अवस्था । तर, पनि सानैदेखि उनी प्रतिभासाली थिए । नाटक, अभिनय र हाँस्य विद्यामा उनको विषेश लगाव थियो । र, थुप्रै प्रतियोगितामा भाग लिएर पुरस्कारसमेत जितेका छन् उनले । भन्छन्, ‘हालसम्म करिब तीन दर्जन नाटकमा भाग लिएको छु । थुप्रै पुरस्कार पनि हात पारेँ ।

अभिनयमा मेरो सानैदेखि रुची थियो ।’अभिनयमा रुची भएका भण्डारी कसरी व्यवसायी बने त ? उनको जीवनको यो पाटो पनि निकै रोचक छ । एसएलसीपछि उनी दाइसँगै दाङको लमहीमा बस्न थाले । कलेज पढ्ने र दाइलाई काममा सघाउने क्रम चल्न थाल्यो । उनी साइकलमै दिनमा ३० किलोमिटर कुदेर पैसा उठाउन जान्थे ।त्यतिमात्र कहाँ हो र व्यापार कम हुँदा ठेलामा चिनि, तेल, चिउरा राखेर डेलिभरी गर्न घर–घरमा पुग्थे उनी ।

हुने विरुवाको चिल्लो पात भनेझै उनको त्यो संघर्ष र मेहनतले आज उनलाई सफल बनाएको छ । कुनै दिन साइकलको हेण्डिल सामाउने हातले आज गाडिको स्टेरिङ समाउँछ भने पैदल मार्ने खुट्टाले गिएर दबाउँछ । मासिक लाखौँको व्यापार हुन्छ उनको व्यवसायमा । अनि त्यसबाट आम्दानी पनि उत्तिकै । तर, यो सब एकाएक भएको होइन ।दाइसँगै बसेर पढ्दा उनले पत्रकारिता क्षेत्रमा पनि हात हाले । रेडियो र पत्रपत्रिकामा काम गर्न थाले । रेडियोका लागि दैनिक चार घण्टा र पत्रिकाका लागि दौडधूप गरे । रेडियोमा उनी कार्यक्रम चलाउँथे भने साप्ताहिक र पाक्षिक पत्रिकाको व्यवस्थापक थिए । यो सँगै पढाइ पनि निरन्तर चलिरहेको थियो । भण्डारी विगत सम्झदै भन्छन्, ‘पढ्ने समय नै हुदैनथ्यो । मैले दिनमा करिब ४ घण्टा मात्र सुतेर धेरै संघर्ष गरेको छु ।

संघर्ष नगरी मानिस सफल कसरी हुन सक्छ र ?’यसैक्रममा उनले व्यापार व्यवसायलाई विस्तारै बुझ्दै गए । प्लस टु पछि थप मेहनतका साथ दाइले संचालन गरेको हार्डवेयरमा काम गर्न थाले । उनले आफूले सकेजति इफोर्ट लगाए । र, त्यसको प्रतिफल पनि आयो । दिनानुदिन राम्रै व्यापार हुन थाल्यो । आम्दानी पनि राम्रै हुँदै गयो । काममा भण्डारीले आफ्नो क्रियसन देखाए । र, दाइलाई प्रभावित गरे । त्यसपछि सुरु भयो उनको जीवनको फरक यात्रा ।

उनी दाङबाट एकाएक नेपालगञ्ज हानिए । केही गर्ने सोचका साथ । र, त्यहाँ खोले हार्डवेयर पसल । नयाँ ठाउँ, नयाँ परिवेश, सानो उमेर । तर, यसले उनलाई रोकेन । उनले छाटो समयमै आफ्नो व्यापार, व्यवसायलाई पश्चिम नेपालमा विस्तार गर्न सफल भए । र, आज सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । भन्छन्, ‘समाजसेवा गर्न पाउँदा छुट्टै आनन्द आउँछ । कमाएको पैसाको केही रकम वार्षिक रुपमा अनुदान तथा सहयोगमा मै खर्च गर्ने गरेको छु ।

’उनले हाल कृषि क्षेत्रा विशेष सहयोग पुर्याउने उद्धेश्यले आफ्नै अध्यक्षतामा बाँकेमा एकता कृषि तथा पशुपालन केन्द्र संचालनमा ल्याएका छन् । उनी यतिमा मात्र सीमित छैनन् । आफूलाई मध्यपश्चिमाञ्चलमा नै परिचित गराउने कामसमेत गरेका छन् उनले । सिनेमा, मनोरञ्जन र समाजमा रहेका प्रतिभालाई अगाडि ल्याउने उद्धेश्यले ग्लोवल सिनेमा अटोग्राफी प्रालीसमेत संचालन गरेका छन् ।

आफ्नै विशेष पहलमा यसै संस्थामार्फ नयाँ वर्षकोे अवसरमा राष्ट्रिय कलाकारको उपस्थितिमा नेपालगञ्जमै सांगीतिक कार्यक्रमसमेत आयोजना गरे उनले ।हाल हार्डवेयर्स सम्बन्धी सामग्रीको व्यापारमा पश्चिम नेपालमा राम्रै स्थान छ उनको सम्पनीको । गणपति हार्डवेयर्स भनेपछि नचिन्ने कमै होलान् । त्यसो त एचडिपी र पिसियु पाइपको फ्याक्ट्रीसमेत उनले संचालन गरेका छन्, नेपालगंजमा । भण्डारी भन्छन्, ‘मनमा केही गर्छू भन्ने भावना, सफल हुन्छु भन्ने विश्वास र त्यसका लागि मेहनत गर्ने हो भने हामीले धेरै गर्न सक्छौँ । विदेश गएर श्रम गर्ने, पसिना बगाउने भन्दा पनि हरेक युवाले देशमै कसरी योगदान गर्न सकिन्छ भन्ने सोच्ने बेला आएको छ ।’

उनले आफूमात्र नभएर आफूजस्ता सयौँ युवालाई रोगजारीसमेत दिएका छन् । गरीब, बाबुआमा गुमाएका, दुखी परिवारका व्यक्तिलाई काममा राखेका छन् ।आफ्नै मेहेनतले अहिले मासिक १० लाखसम्म आम्दानी गरिरहेका भण्डारी आँट र मेहनत गर्न कहिल्यै छाड्न नहुने बताउँछन् । नेपालगंजमा व्यवसाय संचालनमा ल्याएको करिब ४ वर्षमा नै पश्चिम नेपालका विभिन्न जिल्लामा उनको कम्पनीका सामान निर्यात हुन्छन् । धनगढीमा समेत उनले ब्रान्च खोलिसकेका छन् । हाल उनलाई पैसाको कुनै कमी छैन । हिँड्नलाई आफ्नै कार छ । प्लेनमा काठमार्डौ आउ, जाउ गर्छन् । तारे होटलमा बस्छन् । नेतादेखि ठूलावडा मान्छेसँग संगत छ । कहिलेकाहिँ विदेश पनि जाने–आउने गर्छन् ।

२६ वर्षको उमेरमा नै सफल व्यापारीको रुपमा स्थापित भण्डारी धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छन् । ‘सामाजिक कार्य सँगै देश विकासमा योगदान पुर्याउने धोको छ । सबैले आफ्नो ठाउँबाट सकेको गर्ने हो । मैले आफूले निभाउनुपर्ने भूमिका निभाउने छ’, भन्छन्, ‘राम्रो काम गरेर देश तथा विदेशमा चिनिनर युवाहरुका लागि प्रेरणाको स्रोत बन्न चाहन्छु ।’ उनी आफू सफल हुनुमा परिवारको साथ र सहयोग पनि महत्वपूर्ण पाटो रहेको बताउँछन् । सुर्यखबर बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2soZm2P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top