Photo of Milford Sound in New Zealand

राजश्व अनुसन्धानका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

काडमाडौंः राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत दुई जना अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजश्व अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई सेवाग्राहीबाट घुस लिदै गरेको बेला नियन्त्रणमा लिएको हो ।

कर मिलाईदिने भन्दै राजश्वका अधिकारीहरुले घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले नगद पाँच लाख ७० हजार रुपैयाँ घुस लिइरहेको बेला विहीबार नियन्त्रणमा लिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । आयोगले थप छानविन गरिरहेको समेत जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t3NfLq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top