Photo of Milford Sound in New Zealand

पहिरोले भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

१० असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित दुई प्रहरी अझै बेपत्ता छन् । मृत्यु हुनेमा धादिङ खनियाबास गाउँपालिका–४ बस्ने वर्ष २९ का इलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया–६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्के रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका प्रहरी जवानमा गोरखा मकैसिंह–१ बस्ने वर्ष ३१ का लीलबहादुर चेपाङ र तनहुँ रूपाकोट–३ बस्ने सन्दीप कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक योगेन्द्र हमालको कमान्डमा खटिएकोे टोलीले घटनास्थलमा दुईजना प्रहरीको शव नदीको किनारमा पुरिएको अवस्थामा फेला पारेको हो । प्रहरीसँग रहेको हतियार एसएलआर २ नाल, त्यसमा लाग्ने गोली सय राउन्ड, चाइनिज हत्कडी एक थान तथा सञ्चार सेट हराएको प्रहरीले जनाएको छ । घाइते ट्रकचालक रामकुमार लामा र सहचालक मकवानपुर मनहरी बस्ने सानु ब्लोनको अवस्था सामान्य छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ’

घाइते सहचालक सानु ब्लोन
मुग्लिन–नारायणगढ सडकको चार किलोमा शुक्रबार बिहान ठूलो पहिरो जानुअघि अलिअलि ढुंगा झरिरहेको थियो । मुग्लिनबाट हेटौँडा जान भन्दै मनहरीका रामकुमार लामा ना.५ख ७८२७ नम्बरको ट्रक चलाएर ढुंगा खसिरहेको ठाउँनजिक आइपुगे । गाडीमा मनहरीकै १८ वर्षीय सहचालक सानु ब्लोन थिए । माथिबाट ढुंगा झरेको देखेपछि अगाडि रहेको बस कुनापट्टिको साइड छाडेर छेउको लेनमा रोक्यो । उनी पनि बसैको पछाडि गएर गाडी रोकेर बसे ।

बस रोकिएपछि यात्रुहरू हतारहतार झरेर अघि बढे । केही पर पसल भएको ठाउँमा गई चाउचाउ–बिस्कुट किन्न थाले । रामकुमार गाडीको झ्याल लगाएर ट्रक छेउमै रोकेर हिँड्दै बसका यात्रुहरू भएतर्फ अघि बढे । सहचालकको पछाडिको सिटमा गई सुते ।

केही पर पुगेपछि पुलिसको भ्यान आयो । अगाडिको बाटो सफा गरेर बाटो खुलाई आएको भ्यान पहिरोनजिक पुग्यो । एकैछिनमा यात्रुहरू प्रहरीको भ्यान पहिरोले लग्यो भन्दै चिच्याउन थाले । त्यतिखेरसम्म रामकुमार आफ्नो ट्रक सुरक्षित होला भन्नेमा थिए । रातको समयमा नदी किनारनजिक ब्याक गिएर लाइट बलेको देखे । मानिसहरू प्रहरीको भ्यानको खोजीमा लागिरहे ।

उनी आफ्नो गाडी रोकेको ठाउँमा आए । छक्क परे । आफ्नो गाडी नै छैन । पछि मात्र थाहा भयो, नदी किनारमा बत्ती बलिरहेको गाडी उनैले रोकेर गएको गाडी रहेछ । गाडीमा सुतिरहेका सानु ब्लोनको खोजीमा उनी लागे । प्रहरी खोज्दै हिँडेकालाई सानुले चिच्याउँदै गुहार मागे । दुई घन्टापछि उनको ट्रकबाट उद्धार भयो ।

‘ट्रकमा ठूलो ढुंगा आएर लागेको थाहा पाएँ, त्यसपछि के भयो थाहा छैन,’ सहचालक लामाले भने, ‘ट्रक किनारमा पुगेको केही छिनपछि बल्ल होस आएछ,’ उपचारका क्रममा भेटिएका सानुले भने, ‘१८ वर्षमै मर्न लेखेको रहेनछ, बाँचेँ ।’ ट्रकलाई सडकबाट १५० मिटर तलसम्म पहिरोले लतारेको थियो । घाइते सहचालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको घुँडामुनि, खुट्टाको औँला र निधारमा चोट लागेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rLR6sR
via IFTTT
23 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top