बेइजिङ, असार १५ । सिक्किमसँग जोडिएका सीमा विवाद चुलिएको बेला चीनले भारतलाई तत्काल सेना हटाउन धम्की दिएको छ ।
सिक्किम सेक्टरको डोङलाङ क्षेत्रबाट सेना हटाएपछि मात्रै वार्ता गर्ने अडान चीनको रहेको छ । भारतले चीनका सैनिकहरु आफ्नो क्षेत्रमा घुसपैठ गरेको बताएपनि चीनले भने भारतीय सैनिकहरु चिनियाँ क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।
सीमा विवादलाई लिएर दुबै देशबीच तनाव चुलिएको हो ।
यसपटक भने चीनले सामान्य कुटनीतिक भाषामात्रै प्रयोग गरेको छैन, बरु यसअघि भारत र चीनबीच सन् १९६२ मा भएको युद्दलाई समेत स्मरण गराएको छ । “इतिहासबाट पाठ सिक”, चीनले भनेको छ, “पहिला सेना हटाऊ, अनि मात्रै वार्ताको कुरा हुन्छ ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भारतीय घुसपैठको तस्वीर जारी गर्दै यो विवाद दुई देशबीचका सेनाबीच युद्द हुने स्तरमा विकास हुनसक्ने चेतावनी दिएका छन् । भारतीय सैनिकहरुको घुसपैठ भएपछि यसबारेमा कुटनीतिक पहल गरिएपनि भारतले वास्ता नगरेपछि कडा जवाफ दिन बाध्य भएको प्रवक्ताले बताएका छन् ।
प्रवक्ता काङले भारतको उक्साहटमा भूटानले समेत भ्रमपूर्ण प्रचार गरेकोमा आपत्ती व्यक्त गरेका छन् । चीनले अरुको स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै हस्तक्षेप नगर्ने इतिहास रहेको बताउँदै काङले आफ्नो सीमाभित्र रहेका सैनिक नहटाए यसको गम्भीर परिणाम हुने बताएका छन् । -एजेन्सी
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2uquyP5
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.