तपाईंलाई आफ्नो नाम पक्कै पनि राम्रो लाग्छ होला ? आफ्नो नामको अगाडिको अक्षरबाट स्वभाव थाहा हुन्छ भन्ने थाहा छ ? थाहा पाउनु भएको छैन भने हेर्नुहोस् कुन अक्षरबाट शुरु भएका नामको मानिसको स्वभाव कस्तो हुन्छ ?
ज्योतिष शास्त्र अनुसार मानिसको जन्मदाको समय, नक्षत्र, योग, करण आदीका आधारमा नाम जुर्छ । जस अनुसार तपाईको स्वभाव बनेको हुन्छ ।
हेरौं राशी अनुसार नामका अक्षर र ती पहिलो अक्षर भएका मानिसहरुको स्वभाव कस्तो हुन्छ ?
चु चे चो ला : यी अक्षरबाट नाम भएका मानिसहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन् ।
लि लु ले लोः ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थीर बुद्धि
अ इ उ ए : पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक
ओ बा बि बु : पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने ।
बे बो क कौ : धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त ।
कु ध छ : पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने ।
के को ह ही : सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने ।
हु हे हो हाः कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने ।
डि डु डे डो : छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने ।
म मी मु मे : भोगी, सत्यबादी, पितृभक्त, बिद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी ।
मो टा टी टु : पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने ।
टे टो प पी : लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल ।
पु प ण ठ ः निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक ।
पे पो रा री ः दयालु, पराक्रमी, ब्यबसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु ।
रु रे रा ता ः शुभ, बिद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यबादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र बिचार, हठी, तीब्र बिचार शक्तिले युक्त ।
ती तु ते तो ः लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली ब्यक्तित्व, शक्तियुक्त ।
ना नी नु ने ः सानैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने ।
नो या यी यु ः सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर ।
भू ध फा ढा ः श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने ।
भे भो ज जी ः धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, बिद्धानको कदर गर्ने, सर्व्प्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी ।
दु थ झ गृः कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर ।
दे दो च चीः सदाचारी, बिद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान, पत्नीभक्त, बिद्धान ।
जु जे जो खा ः सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक ।
खी खु खे खो ः परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी ।
गा गी गु गे ः धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा बिरोध, लोभी ।
गो सा सि सु ः सत्यभाषी, साहसी, शान्त स्वभाव, अबिबेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तब्यनिष्ठ, मेहेनती, इश्र्यालु ।
से सो सा दी ः चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने । धोकेबाज, माता पितालाई आदर नगर्ने । – See more at: http://ift.tt/2s29Mno
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2s2xnV7
via IFTTT
0 comments:
Post a Comment