Photo of Milford Sound in New Zealand

दार्जिलिङ – गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दिप लिम्बुले नेपाल– भारत सीमामा पर्खाल लगाउनुपर्ने माग गरेका छन् । गोर्खाल्याण्ड राज्यको आन्दोलनको स्थलगत रिपोटिङका लागि दार्जलिङ पुगेको नेपाल आज टिमसँग कुरा गर्दै लिम्बुले दुई देशबीचको खुला सीमा दुबै पक्षका लागि हितकर नभएको बताएका हुन् । लिम्बुले सन् १९५० को सन्धीको धारा ७ र ८ पनि खारेज गर्नुपर्ने जनाए ।

दुबै देशमा एक अर्का देशका नागरिक बसोबास गर्न पाउने प्राबधानका कारण नेपालीभाषी भारतीयप्रति भारतमा संशय पैदा भएको उनको भनाइ छ ।नेता लिम्बुले भारतीय एकतालाई मजबुत बनाउन आफूहरुले गोर्खाल्याण्डको माग गरेको दाबी गरे । दार्जलिङलाई पश्चिम बंगालमा पछिमात्रै मिसाइएको भन्दै उनले भारतीय संविधानअनुसार दार्जलिङ र आसपासको क्षेत्रलाई गोर्खाल्याण्ड बनाइनुपर्ने जनाए । उनले गोर्खाल्याण्ड नेपालमा मिसिने कुरा कल्पनाभन्दा बाहिरको विषय भएको स्पष्ट गरे । गोर्खाल्याण्ड भारतको आन्तरिक विषय भएपनि आफूहरुको मागलाई सहानुभुति व्यक्त गर्न लिम्बुले नेपाली जनता र नेपाल सरकारसँग माग गरेका छन् । उनले १९५० को सन्धी संशोधन गर्न नेपाल सरकारसँग आग्रह गरे ।

तल भिडियोमा हेर्नुहोस :

funnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tQs7Fk
via IFTTT
21 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top