Photo of Milford Sound in New Zealand

महोत्तरी – ब्युटिसियन युवतीलाई सामूहिक बालात्कार गरेको आरोपमा पक्राउ परेका चार जनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी बलात्कारमा संलग्न रहेको आरोपमा औरही गाउँपालिका–२ का २६ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पन्जियार र २० वर्षीय सुरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आजको राजधानीमा खबर छ ।

महोत्तरीको औरही बजारमा सञ्चालन गरेको ब्युटीपार्लर बन्द गरेर बजारबाट साइकलमा घर फर्किंदै गरेकी २० वर्षीया युवतीलाई गत २८ जेठको साँझ आँपबारीनजिकैको जोतेको खेतमा सामूहिक बलात्कार गरेको आरोप छ । घटनाको १२ दिनपछि उनीहरूलाई पक्राउ प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

घटना लगत्तै पक्राउ परेका सुनिल साहको बयानका आधारमा थप तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताए । साविकको औरही गाविस–६ स्थित बर्दिबास औरही–जलेश्वर खडक खण्डको औरहीको तीन पोखरी भन्ने स्थानबाट एक किलोमिटर पश्चिम फुलबरिया गाउँतर्फ जाने बाटोमा पक्राउ परेका चारै जनाले पालैपालो युवतीलाई सामूहिक बालात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडित पक्षको जाहेरीका अधारमा प्रहरीले उनीहरूमाथि जबर्जस्ती करणीको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसैबीच, आफ्ना व्यवसायी साथीको सामूहिक बलात्कारमा संलग्नहरूलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै सौन्दर्यकर्मीहरूले बर्दिबासमा बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालमा आबद्ध धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिराहा गरी पाँच जिल्लाका सौन्दर्यकर्मीले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अन्तरपार्टी महिला सञ्जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई फाँसी नदिएसम्म यस्ता घटनामा कमी नहुने दाबी गरिन् । उनले दण्डहीनताका कारण समाजमा अपराध बढिरहेको बताइन् ।ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t1UbbY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top