Photo of Milford Sound in New Zealand

नयाँ दिल्ली, असार ५ । दार्जलिङमा छुट्टै राज्य (गोर्खाल्याण्ड) को माग गर्दै प्रदर्शन जारी राखेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्) का कार्यकर्ता तथा दार्जलिङबासीसँग भारत सरकार झुकेको छ । आन्दोलन दबाउन चरम दमन गर्न थालेको भारत सरकारका गृहमन्त्रीले वार्ताको आह्वान गरेका छन् । आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेका छन् ।

गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने भएकाले समग्र दार्जलिङबासीलाई शान्त एवम् धैर्य रहन आग्रह गरेको छ । “सवै सम्वद्ध पक्षले आफ्ना मतभिन्नता र गलत बुझाईलाई जिम्मेवार बनी वार्ताका माध्यमबाट सौहाद्र वातावरणमा समाधान गर्न सकिन्छ,” सिंहले भने ।

भारतजस्तो प्रजातान्त्रिक मुलुकमा हिंसाले समस्याको समाधान खोज्न असम्भव हुने बताउँदै उनले हरेक बिषयको आपसी समझदारीबाट समाधान निकाल्न सकिनेमा जोड दिनुभयो । “म दार्जलिङ र वरपरका क्षेत्रमा बसोबास गर्ने जनतालाई शान्त र जिम्मेवार बन्न अपिल गर्छु,” गृहमन्त्री सिंहले एकपछि अर्को गरी जारी ट्वीट सन्देशमा लेखेका छन् ।

सिंहले पश्चिम बङ्गालका मुख्यमन्त्री ममता वनर्जीसँग पनि आइतबार नै कुराकानी गरी दार्जलिङमा देखिएको अवस्थाका बारेमा थप जानकारी लिए । “उहाँ ९बनर्जी०ले दार्जलिङमा रहेको अवस्थाबारे मलाई जानकारी गराउनुभयो,” गृहमन्त्री सिंहले जनाए ।
सिंहले शनिबार पनि मुख्यमन्त्री बनर्जीसँग कुराकानी गरेको र दार्जलिङमा शान्ति स्थापना गर्न यथासम्भव कदम चाल्न आग्रह गरेको थियो । प्राकृतिक सुन्दरता रहेको दार्जलिङका विद्यालयमा बङ्गाली भाषालाई अनिवार्य वनाउने निर्णयले विगत केही दिन यता दार्जलिङबासी व्यापक विरोधमा उत्रिएका हुन् ।

अर्ध–स्वायत्त गोर्खाल्याण्ड प्रदेश प्रशासनमा पकड रहेको जीजेएमले गोर्खाल्याण्डलाई छुट्टै राज्य बनाउन माग गर्दै विरोधको नेतृत्व लिइरहेको छ ।

आइतबार हजारौं दार्जलिङबासीले प्रहरी भीडन्तमा मारिएका जीजेएमका कार्यकर्ताको मृत शरीर लिएर स्थानीय चोक तथा बजारमा उत्रिएपछि प्राकृतिक सुन्दरताले सिँगारिएको उक्त शहर थप तनावग्रस्त बनेको बताइएको छ ।

शनिबार प्रहरी र जीजेएमका कार्यकर्तावीच व्यापक क्षेत्रमा झडपका घटना भएपछि सम्भावित दुर्घटनाबाट जोगाउन ठूलो सङ्ख्यामा तैनाथ गरिएको छ ।

जीजेएमले दार्जलिङको सिङमरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा शनिबार आफ्ना दुई समर्थकलाई प्रहरीले गोली हानी मारेको दावी गरेको छ । प्रहरीले आफ्नो तर्फबाट गोली चलेको भन्ने भनाईको खण्डन गरेको छ र भनेको छ झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

दार्जलिङमा जुन ८ देखि शुरुभएको आन्दोलनका क्रममा शनिबार पहिलो एक जनाको मृत्यु भएको छ । दार्जलिङमा विगत केही बर्षयता यस्तो खालको विरोध देखिएको थिएन ।

रासस पीटीआई

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rI5Z3n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top