चितवन, असार ७ – नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा बुधबार बिहान दुई बजे ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अरु धेरै ठाउँमा पनि सानासाना पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको छ ।
अहिले कालिखोलामा भने एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ । दुई वटा डोजरले बाटो खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि सयौं गाडी रोकिँदा हजारौ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । ujyaaloonline
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rAM42b
via IFTTT
0 comments:
Post a Comment