Photo of Milford Sound in New Zealand

काठमाडौं, २१ वैशाख । अस्‍पतालमा पत्नीको मृत्युभएपछि शववहान नदिएपछि बाध्य भएका एक पतिले छोराको सहयोगमा पत्निको लाश लैजान बाध्य भएका छन् ।

मानविय संवेदना झकझाउने यो घटना भारतको झारखण्ड राज्य स्थित पुर्णिया सदर अस्पतालको हो । भारतीय टिभी च्यानल न्यूज ट्वान्टीफोरको अनलाइन संस्करणका अनुसार बुधबार सुशीला देवीलाई उनका पति शंकरले पूर्णिया सदर अस्‍पतालमा भर्ना गरेका थिए । तर उनको मृत्यु शुक्रबार अस्पालमै मृत्यु भयो ।

पत्नीको मृत्यु पछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलव्ध गराएन । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजनाने निर्णय गरे । पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके । शनिवार यो घटना बाहिर आयो ।

जिल्ला प्रशासनले अस्पताल प्रशासनको मनाविय संवदनहिनता र घटनाका बारेमा छानविन समिति बताएको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ ।

अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलव्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निशुक्ल हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rFsIeX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top