Photo of Milford Sound in New Zealand

चितवन, असार ९ – नारायणगढ-मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोमा हराएका ट्रक ड्राइभरसँग टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको छ । उनले टेलिफोनमा आफू ‘यतै छु’ भन्ने खबर दिएका थिए । प्रहरीले उनी ट्रकबाट हाम फालेर बाहिर रहेको अनुमान गरेको छ ।

पहिरोले एउटा प्रहरीको भ्यान र एउटा ट्रक बगाएको थियो । भ्यानमा रहेका दुई जनाको शव भेटिएको छ । दुई जना हराइरहेका छन् । ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । उनी सकुशल छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएको थियो ।

प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दिपक मास्केको ज्यान गएको हो । हराइरहेका प्रहरी जवान सन्दिप कार्की र लीलबहादुर चेपाङको खोजी भइरहेको छ ।

त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । कालीखोलाको मुखमा राति ९ बजेर ४० मिनेट जाँदा पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । फर्कने क्रममा मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभएको छ ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम र गाडीको चाप बढेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले झरी पर्न थालेसँगै सडकमा जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नु भएको हो । मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुलीको बाटो प्रयोग गर्न सक्ने छन् । यस्तै पश्चिम ओहोरदोहोर गर्ने गाडीले पोखरा, पाल्पा हुँदै बुटवल निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने छन् ।

पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rJ44XY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top