काठमाडौं, ७ असार । हास्य कलाकार जितु नेपालले अबदेखि गाउँघरमा हुने प्रत्येक स्टेज कार्यक्रममा पाँच मिनेट जनचेतना फैलाउनका लागि छुट्याएको घोषणा गरेका छन् । हास्यटेलिशृंखला जिरे खुर्सानीमा मुन्द्रेका नामले लोकप्रिय उनले बुधबार बिहान फेसबुकमार्फत यो घोषणा गरेका हुन् ।
सात महिनाअघि काभ्रेको सानो वाङथलीमा बोक्सीको आरोपमा मारिएकी लक्ष्मी परियारको अन्त्येष्टिमा उनका भावविह्वल छोराहरूको दृश्य देखेपछि जितु नेपालले यस्तो प्रतिबद्धता जनाएका हुन् । लक्ष्मीको सोमबार पशुपति आर्यघाटमा हत्या भएको सात महिनापछि अन्त्येष्टि गरिएको थियो ।
‘२२औं शताब्दीमा पनि यस्तो अन्धविश्वास र दुर्घटना हुनु अत्यन्तै दुःखद कुरा हो । यो घटनालाई सरकार र सम्बन्धित निकायले गम्भीर रूपमा नलिने हो र यी बच्चाहरूको आँसुको बेवास्ता गर्ने हो भने अवश्य पनि यिनको आँसु सबैलाई लाग्ने छ,’ जितुले लेखेका छन् । उनले सामाजिक अभियन्ताहरूको यसमा त्यति ध्यान नपुगेको हो कि भनेका छन् ।
‘म चाहिँ अब आइन्दा विशेष गरी गाउँहरूमा गर्ने स्टेज कार्यक्रममा पाँच मिनेट समय यस्ता अन्धविश्वासका विषयलाई प्राथमिकता दिएर जनचेतना फैलाउने प्रयास गर्नेछु । यो मेरो व्यक्तिगत प्रतिबद्धता हो,’ जितले भनेका छन् ।
from SHYANE http://ift.tt/2rCdDrV
via IFTTT
0 comments:
Post a Comment