Photo of Milford Sound in New Zealand

काठमाडौं । परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन ९एसईई० को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।जेठ अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी भए पनि सम्भव नभएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । विगत वर्षमा लिइने एसएलसी परीक्षाको नाम यस वर्षदेखि शिक्षा ऐन संशोधनसँगै एसईई बनाइएको हो ।

परीक्षामा नियमित र आंशिक गरी पाँच लाख ३८ हजार विद्यार्थी सहभागी छन् । परीक्षा गत चैत ३ गतेदेखि भएको थियो । परीक्षा नियन्त्रक रेग्मीका अनुसार, अहिले विभिन्न जिल्लाबाट उत्तरपुस्तिका परीक्षण भएर आएको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s70OJE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top