काठमाडौं, १ असार । क्याटरिना कैफले आफ्नो जिवनमा सलमान खानले महत्वपूर्ण स्थान राख्ने बताएकी छन् । उनले एक अन्तवार्तामा सलमान खाने हरदम आफुलाई प्रोत्साहित गर्ने गरेको भन्दै सलमानको प्रशंसा गरेकी हुन् । सलमानले आफुलाई कडा मेहनत गर्न भनेको र प्रत्येक कदममा साथ दिएको उनले बताएकी छन् ।
फिल्म फेयर म्यागेजिनका डायरेक्टर जितेश पिल्लाईलाई दिएको अन्तरवार्तामा उनले सलमानका आगाडी आफु रोएको समेत बताएकी छन् । सन् २००३ मा जब क्याटरिनालाई फिल्म ‘साया’ बाट निकालिएको थियो । उनलाई निकालिएपछि क्याटरिना रँदै रुँदै बारिहएकी थिइन् । ‘म अनुराग बसुको फिल्म सायमा जोन अब्राहमसँग काम गरिरहेकी थिए ।
एक रात मलाई शुटका लागि बोलाइयो । म भुतको रोल गरिरहेकी थिएँ,’ उनले अन्तवार्तामा भनेकी छन्, ‘दुई दिनको सुटिङपछि मलाई निकालियो । जब म सेटबाट बाहिरिए म रोइरहेको थिए ।’ त्यही दिन उनको भेट सलमानसँग भयो । क्याटरिना रोइरहेकी थिइन भने सलमान हाँसिरहेका थिए । ‘मलाई लाग्यो सलमान कति मतलबी मान्छे रहेछन ।
मै आफ्नो करिअर बर्बाद भएको सोचिरहेको थिएँ,’ उनले भनिन्, ‘मलाई पहिलो फिल्मबाट निकालियो अब मेरो जिन्दगी समाप्त हुन्छ ।’ उनलाई सबै ठिक हुने भन्दै सलमानले कडा मेहनत गर्न सुझाव दिएका थिए । र उनले सहयोग समेत गरेका थिए । एजेन्सी
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sGrFMI
via IFTTT
0 comments:
Post a Comment