Photo of Milford Sound in New Zealand

एजेन्सी । करीना कपूर र सैफ अली खानका छोरा तैमुर अली खान प्राय: सामाजिक सञ्जालमा देखा पर्ने गर्छन् । उनको घरमा पनि तैमुर नै सबैको केन्द्रबिन्दुमा पर्छन् । त्यसैले उनका घरमा तैमुरलाई लिएर धेरै चर्चा हुने गरेको छ र कहिलेकाहिँ त उनको कारण घरमा लडाइँ समेत हुने गरेको स्रोतले बताएको छ । तर आखिर उनीहरुको लडाइँको मुख्य कारण के हो भन्ने थाहा पाउनुभयो भने तपाई पनि अवश्य चकित हुनुहुनेछ ।

विभिन्न स्रोतले जनाएअनुसार करीना र सैफबीच सँधै तैमुर को पट्टी गएको छ भन्ने कुरामा बहस हुने गरेको छ । एक अन्तर्वार्तामा करीनाले आफैँ भनेकी छन् कि उनीहरुबीच सधैँ तैमुर को जस्तो छ भन्ने कुरामा लडाइँ भइरहने गरेको छ । करीनाका अनुसार तैमुर उनकी हजुरआमा जस्ता छन् भने सैफले भने उनी आफ्नो खानदानतिर गएको दावी गर्दै आएका छन् । वास्तवमा बच्चाहरुको अनुहारमा लगातर परिवर्तनहरु आइरहने हुनाले पनि यी दुवैमा यस्तो दोधार उत्पन्न भएको हो ।

करीना भन्छिन् तैमुरको अनुहार उनका पिता रणधीर कपूर जस्तै छ किनकी उनी आफैँ पनि उनका पिता जस्तै छिन् । तर सैफले भने उनको कुरामा समर्थन जनाएका छैनन् । उनी भन्छन्, ‘तैमुर उनको हजुरआमातिरको खानदानसँग मिल्दाजुल्दा छन् ।’ यसरी सैफ र करीनाकाबीच यस्तो प्रेमपूर्वक लडाइँले उनीहरुको जीवनमा मिठासपन ल्याएको छ र यसमा तैमुरको ठूलो हात छ ।
यसैबीच सैफले करीनालाई सल्लाह पनि दिएका छन् कि यदि कुनै फोटोग्राफर तैमुरको तस्बिर लिन चाहन्छन् भने उनलाई रोक्नु ठीक होइन किनकी यसले उनीहरुलाई अझ आक्रोशित बनाउँछ । त्यसैले तैमुरको तस्बिर लिन आएका कुनैपनि फोटोग्राफरलाई उनीहरुले अब रोक्ने छैनन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tRVRl4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top