चीनमा एकजना पर्यटक महिलाले करिब ४६ लाख रुपैयाँ (३ लाख युवान)पर्ने बाला (ब्रासलेट) लगाउनेक्रममा दुर्घटनावस भाँचिदिएपछि बेहोस भएकी छन् ।
पश्चिम चीनस्थित रुइली सहरको जेड मार्केटमा बिक्रीका लागि राखिएको महँगो उक्त बाला ती महिलाले लगाउनेक्रममा दुर्भाग्यवस हातबाट खसेर भाँचिएपछि उनी बेहोस भएकी ‘मेल अनलाइन’ले उल्लेख गरेको छ ।
‘पिपुल्स डेली’अनलाइनकाअनुसार गत मंगलबार ती महिलाले बाला लगाउने कोसिस गर्दा हातबाट झरेर भर्याङमा गुड्दै तल्लो तल्लामा पुगेर दुई टुक्रा भएको थियो । बाला झरेर भाँचिएको देखेपछि उनी बेहोस भएकी थिइन् ।
जेड मार्केटमा राखिएको उक्त बिलासी बाला लगाएमा स्वास्थ्य राम्रो हुने र धेरै वर्ष बाँच्ने चिनियाँ जनविश्वास रहेको छ ।
बाला पसलको मालिकले उक्त बाला तीन लाख युआन अर्थात् ४५ लाख ६९ हजार ६ सय २१ रुपैयाँमा बिक्री हुँदै आएको बताए ।
ती महिलाले होसमा आएपछि क्षतिपूर्ति तिर्न आफ्नो पारिवारिक सदस्यलाई बोलाएकी थिइन् ।
उनको परिवारले क्षतिपूर्तिस्वरुप उक्त पसललाई करिब ११ लाख रुपैयाँ (७० हजार युआन) दिन मन्जुर भएपनि पसल मालिकले नमानेको बताइएको छ ।
समाचारमा जनाइएअनुसार पसल मालिकले करिब २८ लाख रुपैयाँ (१ लाख ८० हजार युआन तिनुपर्ने शर्त राखेपछि ती महिलाको परिवारले उक्त रकम तिर्न सहमत भएको छ । एजेन्सी
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2tsDBBW
via IFTTT
0 comments:
Post a Comment