Photo of Milford Sound in New Zealand

चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ । श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् ।

सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् ।

दुई छोराहरु समेत रहेका भाउजुलाई लिएर काठमाडौंतिरै बस्न थालेका दानबहादुर लाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

एकबर्षअघि विवाह गरेका दानबहादुर दाई विदेशिएपछि भाउजुसँग लसपसिएका थिए । अहिले रिता र दानबहादुर दुवै प्रहरी हिरासतमा छन् ।

‘दानबहादुर र उनको भाउजुलाई पक्राउ गरेर बहु–विवाहको मुद्धा चलाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sxthaO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top