काठमाडौं । कार्यक्रमको शिलशिलामा अमेरिका गएर फर्किए लगत्तै हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले जिग्रीपाडें प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण गरेका छन् ।
बुधबार हास्यटेलिसिरियल भद्रगोल सुटिङ हुने ठाउँ मुड्खुमा एक कार्यक्रमका बिच ‘बले’ र ‘कक्रोच’ले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
‘बले’ र ‘कक्रोच’ले २ वटा मात्र स्टेज कार्यक्रमबाट उक्त रकम संकलन गरेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अमेरिकाको जर्जिया भन्ने शहरमा सुर्य लम्सालको नेतृत्वमा राखिएको स्टेज कार्यक्रमबाट नै करिब १५ सय डलर रकम संकलन गरेको कक्रोचले बताए ।
उनीहरुले दृष्टिविहिन परिवारको लागि बनाइरहेको घर निर्माणको लागि ३० लाख आवश्यक पर्ने बताएका थिए । etajakhabar
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2ro2ewB
via IFTTT
0 comments:
Post a Comment