Photo of Milford Sound in New Zealand

प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन्। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्थलाई युएई प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुबैलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । इन्टरपोलको सहयोगमा उनलाई नेपाल ल्याउने प्रयास भइरहेको सीआइबीका एसएसपी शेरबहादुर बस्नेतले जानकारी दिए ।

खरेल र पन्थविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । सोही आधारमा युएई प्रहरीले उनीहरुलाई केही दिनअघि पक्राउ गरेको हो ।

सिआईबीले गत पुस २० मा पिंगलास्थानबाट साढे ३३ किलो सुनसहित तीन युवकलाई पक्राउ गरेको थियो । अनुसन्धान गर्ने क्रममा सो सुन दुबईमा रहेका व्यक्तिहरुले नेपाल पठाएको र विमानस्थलमा सेटिङ गरेर दुई वर्षदेखि तस्करी गर्दै आएको खुलेको थियो। setopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2socruY
via IFTTT
20 Jun 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top