दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ९ कुतकुतेका मंगले थामीलाई अहिले सहिनस्कनुको पीडा आइलागेको छ । साथमै रहेका श्रीमती र दुई छोरीलाई पहिरोले बगाएकोसम्म पत्तो भएन ।
मंगलबार साझ खाना नखाई सुतेका उहाँका परिवारले ऐय्यासम्म भन्न पाएनन् । पहिरोमा परी ज्यान गुमाएकी ३५ बर्षीया शान्ती थामी मगंलबार छिमेकीको कोदो रोप्ने मेला जानु भएको थियो । दिनभरि मेला गएर आएकी थामी धेरै थाकेको भन्दै केही नखाइ स(परिवार सुतेका थिए । राति करिब १० बजे तिर छिमेकी बविता थामीले मृतक शान्तिलाई फोन गरेर धेरै पानी परेको छ, खोला पनि बढेको छ, राति पहिरो जान सक्छ, तुरुन्त ठाउँ सर्नुस भनी आग्रह गर्नुभएको थियो । तर शान्तिले आफू निकै थाकेको भन्दै बाहिर नजाने निधो गरी उनीहरु फेरि सुते । झमझम पानी परिरहेको थियो, करिब १ बजेतिर मंगलेलाई पेट काट्यो र घर नजिकै रहेको शौचालय गए, शौचालय जाने बेला श्रीमती शान्तिले पनि उठेर बाहिर हेरेकी थिइन् सबै ठिकै छ भन्दै सुत्न गएकी थिइन् । मंगले पनि शौचालयबाट फर्किएर पुन सुत्न पुगे ।
सुतेको केही मिनेटमा फेरी पेट दुख्यो र शौचालय गए । शौचालयमा करिब १० मिनेट बिताएका मंगले बाहिर निस्कदा छाँगाबाट खसेझै भए । न घर छ, न श्रीमती र दुई छोरी नै । घर नदेखेपछि आत्तिएर छिमेकीसँग गुहार मागे, छिमेकीहरु आए तर घरपरिवार सबै बगिसकेकोले कसैको केही लागेन । छिमेकीको कुरा मात्र मानेर ठाउँ सरेको भए श्रीमती र छोरीहरुलाई बचाउन सकिन्थ्यो होला, मलाई मात्र दैवले बचायो, बरु मलाई पनि सँगै बगाएको भए यो पीडा त भोग्नु पर्दैन थियो रुु श्रीमतीको शव रुगेर बस्नु भएका मंगलले भावुक हुँदै अन्नपूर्णसँग भन्नुभयो । जीवनको सहारा श्रीमती र दुई छोरीको अनाहकमै ज्यान गएको भन्दै आफू बाच्नुको कुनै सार्थकता नभएको उहाँले बताउनुभयो ।
पहिरोमा परी बेपत्ता भएकी मंगलेका श्रीमती शान्तिको शव घर भन्दा मुनी खोलाको किनारामा भेटियो । भने छोरीहरु १५ बर्षीया रोसनी थामी र १२ बर्षीया सन्तोषी थामीको शव अझै भेटिएको छैन । उहाँलाई छोरीहरु जीवितै भेटिन्छ की रु भन्ने आश भने अझै मरेको छैनन् । जेठी छोरी रोसनी र सन्तोषी घर नजिकै रहेको सुर्केमावी भण्डारेमा कक्षा ७ र कक्षा ५ मा पढ्दै आएका थिए । मंगलेको घरसँगै घर जोडिएको मंगलेकी ७० वर्षीया फुपू लाटी थामीको पनि शव भेटिएको छ । एक्लै घरमा बस्दै आउनु भएकी थामीको शव बुधवार दिउँसो मात्र भेटिएको थियो । मंगलबार दिउँसैबाट परेको पानी राति मात्र रोकिएको र आफूहरुले राति १ बजे तिर मात्र घटनाको बारेमा जानकारी पाएको मृतक शान्तिकी नन्द मनिशा थामीले बताउनुभयो । उहाँले पहिरोको जोखिममा रहेकोले दाजु भाउँजूलाई पटक(पटक त्यस ठाउँमा नबस्न आग्रह गर्दा पनि अटेर गरेको बताउनुभयो ।
घरभन्दा तल ठूलो खोला रहेका कारण दिनभर परेको बर्षाले उक्त परिवारको घर तानेको स्थानीयहरुको भनाइ रहेको छ । बेपत्ता रहेको दुई बालिकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । घटनास्थलमा थप खोजीकार्यको लागि भन्दै रणभीम गण चरीकोटबाट नेपाली सेना पनि पुगेको छ । २० घर पहिरोको उच्च जोखिममा हाल सोही स्थानका २० घर पहिरोको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेको बस्तीका स्थानीयहरुले घर छाडेर आफन्तकोमा शरण लिन पुगेका छन् । माघमा बनाएको घर राम्रोसँग बस्न नपाउँदै सर्नु परेको भन्दै स्थानीय रिठ्ठे थामीको परिवार दुखित भएका छन् ।
घर नछोडौ, पहिरो आइसक्यो, छोडौ घर बनाएको ऋण पनि तिरिसकेका छैनौ, गहभरी आँशु पार्दै थामीले भन्नुभयो । उहाँले अब छोरीको घरमा गएर केही दिन बस्ने उहाँले बताउनुभयो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2spIBmx
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.