Photo of Milford Sound in New Zealand

कमेडियन चन्दन प्रभाकर ‘कपिल शर्मा शो’ मा फर्किएका छन् । कपिलसँगको झगडा पछि शो छाडेर हिडेका चन्दन करिब तीन महिना पछि शो मा फर्किएका हुन् । चन्दन शो मा फर्किएको खबर भारतीय पत्रिका टाईम्स अफ इन्डियाले छापेको छ ।

टाईम्स अफ ईन्डियासँग कुरा गर्दै ‘कपिल शर्मा शो’ का एक सदस्यले भने–”चन्दन शोमा फर्किएका छन्, उनले आफुमा भएको रिष, सन्देह सबै त्यागेका छन् । उनी केवल राम्रो काम र दर्शकका लागि शोमा फर्किएका हुन् । हामी दुनियाँलाई हसाउँन चाहान्छौँ । चन्दन, अलि र सुनिलले शो छाडेपछि हाम्रो रेटिङ कम भएको थियो तर अब रेटिङ राम्रो आइरहेको छ ।”

चन्दन फर्किएपछि शो को टिआरपी अझै राम्रो हुने विश्वास गरिएको छ । शो छाडे पछि उनी अहिलेसम्म मिडियामा आएका छैनन् र कपिलका बारेमा कुनै कुरा बोलेका पनि थिएनन् । कपिल र चन्दन बाल्यकालका साथी पनि हुन् । उनीहरु दुबैले एउटै स्कुलमा सँगै पढेका थिए ।

चन्दनले ‘कपिल शर्मा शो’मा चायवाल को भूमिका निर्वाह गर्दै आएका थिए । अब भने चन्दन नयाँ क्यारेक्टरमा देखिन सक्ने कपिल शर्मा शो निर्माण पक्षले जानकारी दिएको छ । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sZ4jSL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top