हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)ले राष्ट्रपतिको हातबाट प्रवल जनसेवाश्री पदक पाएका छन् । गएको वर्ष बजेट भाषणका क्रममा सरकारले गरेको निर्णय अनुसार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रवल जनसेवाश्री पदक दिएकी हुन् । बजेट भाषण कार्यक्रममा, सुप्रवल जनसेवाश्री ८३ जनालाई, प्रवल जनसेवाश्री १३५ जनालाई र जनसेवाश्री मानपदवी ५१ जनालाई दिईने घोषणा भएको थियो ।
देशको गौरव वृद्धि गर्नमा योगदान पुर्याएको भन्दै सरकारले कलाकारहरु सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), रेखा थापा, विल्सन विक्रम राई र दयाराम दाहाललाई पदक दिने घोषणा गरेको थियो ।
तर, शितल निवासमा भएको कार्यक्रममा भने दयाराम दाहाल र विल्सन विक्रम राईले मात्र राष्ट्रपतिको हातबाट उक्त पदक ग्रहण गरेका छन् । राजधानी बाहिर रहेका सिताराम कट्टेलले भने आफुहरुलाई १४ गते पदक लिनका लागि निम्तो आएको जानकारी दिएका छन् ।
तक्मेले यसरी सम्झीए माग्ने बुढा
राष्ट्रपतिको हातबाट पदक पाएपछि विल्सन निकै खुशी छन् । यो खुशीको पलमा उनले सबैभन्दा पहिला लोकप्रिय बनेको तक्मे बुढा नाम दिने व्यक्तित्व केदार घिमिरे (माग्ने बुढा) लाई सम्झीए । उनी भन्छन्, ‘माग्ने बुढाले तक्मे नाम दिनु भएको थियो, आज सरकारले यति ठूलो तक्मा दियो । त्यसैले केदार घिमिरे (काका) प्रति निकै आभारी छु ।’
उनले पदक ग्रहण गर्ने बित्तिकै सबैभन्दा पहिला माग्ने बुढालाई फोन गरे । त्यसपछि आफ्नो बुवा अनी सुनिल थापा र सुरज सुब्बालाई फोन गरे । कलाकारीतामा मद्धत गर्नेहरुलाई सम्झीरहँदा उनका आँखा रसाएका थिए । यसैगरी, सानैमा छाडेर गएकी आमालाई सम्झीएर आर्शिवाद मागे ।
पदक दिँदै गर्दा राष्ट्रपतिले विद्यादेवी भण्डारीले मुस्कानसहित देश र जनतालाई अझै धेरै हसाउन आग्रह गरेकी छिन् । यो आग्रहले आफुलाई ठूलो हौसला दिएको उनी बताउँछन् । कलाकारीतामा जीवन बिताउने संकल्पका साथ उनले चलचित्र निर्माणमा पनि हात हालेका छन् । उनको पनि लगानी रहेको चलचित्र रातो घर जेठ १९ गतेदेखि प्रर्दशनमा आउने तयारीमा छ ।
source:gazzabkoonline
http://ift.tt/2r5hhgqfrom SHYANE http://ift.tt/2roLrfM
via IFTTT
0 comments:
Post a Comment