Photo of Milford Sound in New Zealand

काठमाडौं,जेठ ३ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी कैलालीको धनगढीबाट पूर्वी तराइसम्म हावाहुरी लाग्ने बताएको छ । बेलुकीपख कैलालीको धनगढीबाट शुरु हुने हावाहुरी पूर्वी तराईको मोरङ्ग सुनसरीसम्म पुग्ने जनाएको हो ।

मौसमविद् शान्ति कंडेलले प्रतिघन्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने भएकाले सतर्कता अपनाउन आग्रह गरिन् । बेलुकीपख घर बाहिरका सामाग्री सुरक्षित गर्न र हावाहुरीले गर्दा क्षतिपुग्नेमा ध्यान दिन जरुरी रहेको मौसमविद् कंडेलको भनाई छ । कैलालीबाट शुरु भएको हावाहुरी राती ९, १० बजे रुपन्देहीको भैरहवासम्म आउने र राती दुईतिन बजेसम्म पूर्वी नेपाल पुग्ने अनुमान गरिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pToTzg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top