Photo of Milford Sound in New Zealand

सिरहा,बैशाख २८ – सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विस्फोट भएको छ । यातायात कार्यालयको दोस्रो तलामा बिहीबार बम विस्फोट भएको जनाइएको छ । विस्फोटमा परेर केही सेवाग्राही र कार्यालयका कर्मचारी घाइते भएका जनाइएको छ । विष्फोटबाट मानवीय क्षति भने भएको छैन ।

विस्फोटले माथिल्लो तलामा रहेको कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपानेको कार्यकक्षसंगै टासिएको शौचालयमा सो विस्फोट भएको हो । बम विस्फोटबाट भवनको पाँचवटा कोठाका भित्ता चर्किएका छन् भने झ्यालका शिशा फुटेको छ । घटना कसले गराएको हो भन्नेवारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी लहानका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेय बताए । विस्फोट पछि कर्मचारी तथा सेवाग्राही भवन बाहिर बसेका छन भने कार्यलयको काम प्रभावित बनेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qvHPYM
via IFTTT
11 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top