Photo of Milford Sound in New Zealand

मोरङ । उमेरले ३६ वर्ष बसन्त पार गर्दैहुनुहुन्छ मिना मरासिनी । उहाँलाई नेपाल प्रहरीमा जागिर खाने ठूलो सपना थियो । तर बाध्यताबस ९ कक्षामा पढ्दा–पढ्दै उहाँको विवाह भयो र प्रहरीको जागिरखाने सपना त्यसै तुहियो । उहाँको समुदायमा विवाह गञरेर आईसके पछि घरकै काम गर्नु पर्छ भन्ने मान्यता रहेकाले विवाह पछि जागिर खाने त के अब पढ्नु पर्छ भन्ने वातावरण पनि थिएन ।

त्यस बेला उहाँले नेपाल पुलिसमा जागिर खाएर राम्रो पैसा कमाउने रहर हुदा हुदै पनि त्यो सपना भने अधुरै रह्यो । तर पनि अहिले आएर त्यो हिनताबोध भने छैन उहाँमा किनकी उहाँ अहिले अस्थाई रुपमा भए पनि नेपाल प्रहरीको जागिर खाईरहेकी छिन् । कम्तीमा दुई महिना भए भए पनि म्यादि प्रहरीको जागिरमा छिन उहाँ । म्यादी प्रहरीमा उहाँ एक्लो मात्र हैन आफ्नै छोरा सँग म्यादि प्रहरीमा जागिर खाईरहेकी छिन् ।

उहाँको खास घर अर्घाखाँची हो । मिना यतिबेला आफ्नै छोरासँग म्यादी प्रहरीको जागिर खादैछिन् विराटनगरमा । मिना भन्नुहुन्छ – ‘नेपाल प्रहरीमा जागिर खानका लागि उमेरले डाडो काटिहाल्यो अब त यहि म्यादीबाट भएपनि रहर पुरा गर्नुछ !’ हाल विराटनगर १२ कोशी प्रोजेक्टममा बस्दै आएउनु भएकी मिनालाई उहाँका पति विष्णु मरासिनीले नै गोर्खापत्र दैनिकमा आएको विज्ञापन देखाउदै म्यादी प्रहरीमा जागिर खुलेको जानकारी दिएको बताउनु भयो ।

विज्ञापन ल्याए कै दिन आमा र छोरा सागर मरासिनि दुबैले जिल्ला प्रहरी कार्यलय मोरङ गएर फारम पनि भर्नुभयो । ४ हजार भन्दा बढी आवेदकहरु मध्ये आमा छोराको नाम निस्कीयो । आमा छोराले म्यादीको लागी लिखित र मौखिक दुवैमा नाम पनि निकाल्न सफल हुनुभयो । उनीहरु म्यादी प्रहरीको लागी छनौट भई रानी ईलाका प्रहरी कार्यलयबाट तालिम पनि लिनुभयो ।

उहाँहरुको नेपाल प्रहरीमा जागिर खाने रहर केही समयका लागी भए पनि पुरा भएको छ । म्यादी प्रहरीको जागिरे भएपछि आमा छोरा विहान ५ बजे नै उठछन् । आमाले खाना बनाउनु हुन्छ । आमा छोरा एउटै साईकलमा बसेर ड्युटी जानुहुन्छ । यतिखेर आमाको ड्युटी ईलाका प्रहरी कार्यालय परिसर भित्रै छ । छोरालाइ रानी सिमा क्षेत्रमा म्यादी प्रहरीको पोशाकमा बेतको लौरोको सहारामा डिउटी गरिरहेको भेटिने गर्नु हुन्छ ।purbeli news

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBzXFv
via IFTTT
30 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top