Photo of Milford Sound in New Zealand

काठमाडौँ : नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु भएको दिन हालको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमै थिए।

भण्डारीको चितवनको दासढुङ्गा एक रहस्यमय दुर्घटनामा २०५० साल जेठ ३ गते निधन भएको थियो।

जेठ ३ गतेको आफ्नो अवस्था सम्झँदै प्रचण्डले आज आयोजित एक कार्यक्रममा भने, ‘तत्कालीन पार्टीको विस्तारित बैठक थियो। हामी त्यसको तयारीमा थियौँ। म चितवनमै थिएँ।’

तर प्रचण्डले कहिल्यै मदन भण्डारीसँग भेट्न भने पाएनन्। उनको मदन भण्डारीसँग ठीक ८ दिनपछि तय भएको भेट हुन सकेन।

प्रचण्ड र मदन भण्डारीबीच जेठ ११ गते लामो छलफल गर्ने तय भएको थियो। भेटको संयोजनको जिम्मा लिएका थिए ललितपुरका एक कम्युनिस्ट बुद्धिजीवीले।

प्रचण्डकै शब्दमा जनता र इतिहासको आवश्यकता र आकस्मिकताले जन्माएको एउटा बहुआयामीक व्यक्तित्वका धनी थिए मदन भण्डारी।

‘मदन भण्डारी र मेरोबीचमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अब कसरी अगाडि बढाउने, नेपालको समग्र राजनीतिक घटनाक्रमलाई कम्युनिष्टको तर्फबाट हस्तक्षेप गर्ने भन्ने अजेण्डा बनाएका थियौँ’, भेटघाटका लागि तय भएको विषयबारे प्रचण्डले बताए।

प्रचण्ड मदन भण्डारीलाई सम्झँदै आफ्नो सोच्ने तरिका र उनको तरिकामा अहिले आएर समानता देख्छन्।

‘फर्किएर हेर्दा म के ठान्छु भने उहाँको र मेरो सोच्ने तरिकामा एउटा गज्जबको विचित्रको समानता थियो। उहाँ घिसिपिटी जिन्दगी रुचाउनु हुन्नथ्यो। राजनीतिमा पनि व्यक्तिगत जीवनमा पनि घिस्रेर हिँड्ने फर्केर हिँड्ने खालको। उहाँ एउटा क्रमभंगतामा नै सोच्नु हुन्थ्यो। मैले पनि अनुभूत गरेको छु हाम्रो सोचाईमा विचित्रको समानता थियो।’

प्रचण्ड आफ्नो र भण्डारीबीच भेट भएको भए के हुन्थ्यो होला भन्ने कल्पना अझै गर्छन्। उनी भन्छन् – यो हाइपोथेटिकल प्रश्न भयो। तर मदन भण्डारीसँग भेट नभएको दु:ख र अभावको अनुभूति मलाई उहाँको त्यो रहस्यमय देहावसानपछि अहिलेसम्म निरन्तर रहिराखेको छ।’

के मदन भण्डारी भेटेका भए प्रचण्ड ‘जनयुद्ध’मा जाँदैनथे?

नेकपा माओवादीको रुपमा प्रचण्ड नेतृत्वको पार्टीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरु गरेको हो। त्यसको २ वर्षअघि नै मदन भण्डारीको दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो। प्रचण्डलाई लाग्छ भण्डारीले उनको सोचाई बदल्न सक्ने वा उनी भण्डारीलाई प्रभावित तुल्याउन सफल हुने थिए।

‘मदन भण्डारीले बहुदलीय जनवादद्वारा नेपाली राजनीतिमा एउटा नयाँ प्रयोगद्वारा क्रम भंगता गर्दै हुनुहुन्थ्यो। मैले जनयुद्धद्वारा नेपाली समाजमा परिवर्तनका लागि दार्शनिक ढंगले र सैद्धान्तिक ढंगले युद्धको निम्ति आधार तयार गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई निरन्तरताका लागि कम्रभंगताको प्रयास गर्दैथिएँ।’

‘११ गतेको दिन हाम्रो भेट भएको भए?’, प्रचण्ड सुनाउँछन् – मैले त्यतिबेला उहाँसँगको भेटलाई विशेष महत्वको साथ लिएको थिएँ। मलाई विश्वास थियो उहाँले पनि मसँगको भेटलाइ विशेष महत्वको साथ लिनुभएको थियो होला।’

‘किनकी एउटा कम्युनिष्टको विभिन्न धाराहरुको एकता केन्द्र बनाए मैले नेतृत्व गर्दै थिएँ। अर्को कम्युनिष्ट आन्दोलनको अर्को धाराको नेतृत्व उहाँले गर्दै हुनुहुन्थ्यो।’

त्यो दिन भेटको भए के हुन्थ्यो होला? जनयुद्धको तयारी प्रक्रियामा कमरेड मदन भण्डारीसँग गम्भीर बहसपछि उहाँले मलाई नयाँ ढंगले सोच्ने ठाउँमा पुर्याउनु हुन्थ्यो कि?

या मैले उहाँले अगाडि लैजाँदै गरेको राजनीतिक प्रयोग जुन कम्युनिष्ट र देशको राजनीतीमा गर्दै हुनुहुन्थ्यो, त्यसमा मेरो बहसले अझ नयाँ ढंगले सोच्न प्रेरित गर्थ्यो कि?’

प्रचण्ड जनताको बहुदलीय जनवादबाट आएको नेकपा एमाले र जनयुद्धबाट शान्ति प्रक्रिया हुँदै आएको नेकपा माओवादी केन्द्रको बीचमा अहिले पनि ध्रुवीकरणको आवश्यकता देख्छन्।

‘कमरेड मदन भण्डारीको सपना र हाम्रो सपनामा एउटा नयाँ मेलको अवस्था देखा परेको छ’, प्रचण्ड विगतको ब्याख्या गर्छन्। nepalnewsline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qs6eKU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top