सोसल साइट मानिसहरुका लागि आफ्नो नीजि क्षणलाई सेयर गर्ने राम्रो माध्यम बनेको छ । तर थुप्रै पटक यसका कारण मानिसहरु समस्या पनि पर्न सक्छन् । यस्तै भयो एक महिलामाथि, जसले फेसबुकमा आफ्नो गर्भको बच्चासहितको फोटो पोष्ट गरिन् तर त्यसको अर्को दिन नै उनी जेलमा पुगिन् । रातोपाटीबारा साभार गरिएको |
उत्तर क्यारोलिनामा बस्ने नतोशा किर्कल्याण्ड गर्भवती थिइन् । उनले आफ्नो ‘बेबी बम्प’ देखाउँदै एक फोटो फेसबुकमा अपलोड गरिन् । सुरुमा त उनका थुप्रै साथीहरुले यो पोष्टमार्फत उनलाई बधाई दिए । त्यतिबेलै उनको फ्रेन्ड लिष्टमा भएकी एक महिलाले नतोशाको फोटोमा यस्तो एउटा कुरा देखिन् जसका कारण उनको होस् उड्यो । के तपाईं यो फोटो हेरेर कारण थाहा पाउनसक्नुहुन्छ ?
जब नताशाले यो फोटो अपलोड गरिन् तब उनका साथीहरुले याद गरे कि नतोशाको पाखुरामा एउटा ब्याण्ड बाँधिएको छ । उनलाई थोरै शंका उब्जियो । त्यसपछि उनले फोटोलाई अझै ध्यान दिएर हेरे । अब उनको नजर जुन कुरामा अडियो त्यसले उनको होस् उडाइदियो ।
नतोशाको हातमा बाँधिएको ब्याण्डमा सायद कसैको नजर गएको हुनुपर्छ ।
उनको साथीको नजर साइडमा राखिएको टेबलमा पनि अडियो । टेबलमाथि एउटा सुई राखिएको थियो । त्यसलाई देख्ने बित्तिकै उनका साथीहरुले थाहा पाए कि उनले केही क्षण अघि मात्र इन्जेक्सन लिएकी छिन् । गर्भवती हुँदासमेत नतोशाको यस्तो व्यवहारले आफूसमेत गर्भमा हुर्किरहेको बच्चाको ज्यान पनि खतरा राखेको साथीहरुको भनाई छ ।
यी सबै कुरा देखेपछि नतोशाकी फेसबुक साथीले तुरुन्त पुलिसलाई फोन गरे । उनले फोटो हेरेर जे कुरा देखिन्, बुझिन् ती सबै कुरा पुलिसलाई पनि जानकारी दिइन् । त्यसपछि पुलिसले नतोशालाई तुरुन्त पक्राउ गर्यो ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2r5SJVk
via IFTTT
0 comments:
Post a Comment