Photo of Milford Sound in New Zealand

मूम्बई, वैशाख २९ – बाहुबलीको दोस्रो संस्करणको अपरा सफलता पछि चलचित्रका निर्माताहरुको बैंक ब्यालेन्समा सयौँ करोड थपिएको छ । तर, यस चलचित्रबाट फाइदा लिने उनीहरुमात्र एक्लो होइनन् ।

चलचत्रिका सदस्य तथा कलाकारहरुले आगामी चलचित्रको लागि आफ्नो पारिश्रमिकमा बृद्धि गरेका छन् ।

गत अप्रिल २८ मा रिलिज भएको चलचित्रले विश्वभर १ हजार करोडभन्दा बढी कमाई गरिसकेको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्टका अनुसार बाहुबलीका लागि २५ करोड भारु पाएका प्रभासले आगामी चलचित्रका लागि ३० करोड भारतीय रुपैयाँ माग गरेका छन् ।

उनले साहो नामक चलचित्रको चाँडै सुटिङ गर्दैछन् । यो सन् २०१८ मा रिलिज हुनेछ ।

तेलेगु चलचित्रमा प्रभासको यो पारिश्रमिकको कसैले प्रतिस्पर्धा गर्न नसकेपनि बलिउडका खानहरुभन्दा निकै पछि रहेका छन् ।

बलिउडका अहिलेका राजा मानिएका सलमान खान एउटा चलचित्रको ६० करोड भारु लिन्छन् भन्ने अमिर खान पनि प्रत्येक चलचित्रको ५५ देखि ६० करोड भारु लिन्छन् ।

त्यस्तै शाहरुख खान एउटा चलचित्र खेले बापत ४० देखि ४५ करोड पाउँछन् भने ऋतिक पनि त्यतिमै चलचित्रमा अनुबन्ध हुने गरेका छन् ।

अक्षय कुमार पनि यो सूचीमा अघि छन् । उनले ४० करोडसम्म पारिश्रमिक लिन्छन् ।

अजय देवगनले ३५ करोड भारु पारिश्रमिक लिन्छन् भने रणवीर कपुर २५ करोड भारुको माग गर्छन् ।

अमिताभ बच्चनले भने प्रत्येक चलचित्रको १८ देखि २० करोड भारु पाउने बताइएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pF3JEO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top