Photo of Milford Sound in New Zealand

काठमाडौं : जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने अनौपचारिक सहमति भएको छ। आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने विषयमा अनौपचारिक सहमति गरेको हो।

बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनता पार्टी (राजपा) का नेता सहभागी हुनुहुन्थ्यो। बैठकको निर्णयबारे जानकारी दिँदै अन्नपूर्णसँग राजपाको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भन्नुभयो,‘प्रधानमन्त्रीले जसरी भए पनि चुनाव गराउने बताउनु भएपछि एक हप्तादेखि १० दिनसम्म चुनावको वातावरणका लागि मिति सार्ने निष्कर्षमा पुगिएको छ।’

बैठकमा सभागी एक नेताले संविधान संशोधन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण भएपछि मात्र राजपा निर्वाचनमा सहभागी हुने अडान दोहोर्याएको बताउनु भयो ।

बैठकमा राजपालाई चुनावमा सहभागी गराउने वातावरण तयार पार्न शीर्ष नेताका बीचमा गहन छलफल भएको थियो । माग पुरा नभएसम्म मधेसवादी दल आन्दोलत र वार्तालाई सँगसँगै लिएर जाने जानकारी बैठकमा सहभागी नेताले जानकारी दिनुभएको छ ।

बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा केपी, राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो। source:annapurnapost.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r23nvj
via IFTTT
28 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top