Photo of Milford Sound in New Zealand

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा राजीनामा घोषणा गर्नुअघि आज बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको छ। बैठकपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्का सदस्य र मुख्य सचिवसँग सामुहिक तस्बिर खिचाएका छन्। प्रायः अन्तिम मन्त्रिपरिषद् बैठकपछि सामुहिक तस्बिर खिच्ने चलन छ।

प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्न अहिले संसद भवन पुगिसकेका छन्। सम्बोधनमार्फत् उनले राजीनामा दिने र आजै साँझ राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rcIwXg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top