Photo of Milford Sound in New Zealand

दैलेख, २ जेठ । बहिनीलाई जिताउन नेपाल फर्केकी कुनै समयकी चर्चित नायिका बिपना थापालाई झट्का लागेको छ । उनकी बहिनी बासना थापाले दैलेखको नारायण नगरपालिकाको उपमेयरमा चुनाव हारेकी छिन् ।

काँग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी बहिनी बासनालाई जिताउन नेपाल फर्किएकी बिपना प्रचारप्रसारमा निकै सक्रिय भएकी थिइन् । लामो समयसम्म नेपाली चलचित्रका चर्चाको शिखरमा रहेकी बिपना भारतीय व्यापारीसँग बिहे गरी मथुरामा बस्दै आएकी छिन् । उनले दैलेखका गाउँ गाउँसम्म पुगेर बहिनीलाई जिताउन अपिल गरेकी थिइन् । तर, बासना एमालेकी उम्मेदवार सावित्री मल्लसँग पराजित भइन् ।

दैलेखको नारायण नगरपालिकाको मेयर र उपमेयर दुबै एमालेले जितेको छ । मेयरमा एमालेका रत्नबहादुर खड्का विजयी भएका छन् । उनले नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराएका छन् ।

नारायण नगरपालिका वडा नम्बर ६, ७ र ८ बाहेक बाँकी ८ वटा वडाको वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qspPvu
via IFTTT
16 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top