जेठ ३, काठमाडौं– पहिलो चरणको चुनावी मतपरिणाममा आफ्नो पार्टीले भन्दा एमाले र काँग्रेसले अग्रता लिएपनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खसुी भएका छन् । चुनावपछि पहिलोेपटक मिडियालाई दिएको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले जस्तो सुकै परिणाम आएपनि आफु भित्रैबाट निकै खुुसी भएको बताए ।
‘म निकै खुसी छु । जनतालाई अधिकार सम्पन्न गराउन हामीले नेतृत्व गरेका सबै संघर्षहरु अनुमोदित भएका छन् । सिंहदरबारको अधिकार अब गाउँ–गाउँमा गएको छ ।’ रातोपाटीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डले भने, ‘काँग्रेसले जिते पनि मैले नै जितेजस्तो लागेको छ । एमालेले जितेपनि मैले नै जितेजस्तो लागेको छ । माओवादीले जितेपनि मैले नै जितेजस्तो लागेको छ ।’
चुनाव अगाडि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको हार–जित भन्दा पनि देशको जितका लागि आफुले जसरी पनि चुनाव गराउने बताएका थिए । चुनाव आफ्नो पार्टीका लागि प्रतिकुल हुन सक्ने भन्दै माओवादीको केही शीर्ष नेताले प्रधानमन्त्री प्रचण्डलाई चुनावको विषयमा पुर्नविचार गर्न आग्रह पनि गरेका थिए ।
निकै ठूलो प्रतिकूलताकाबीच सवैपक्षलाई सहमत गराएर चुनाव सम्पन्न गराउनु आफैमा दूलर्भ विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले इतिहासले यसको सही मुल्याङ्कन गर्ने बताए । ‘मैले कसरी चुनाव गराएँ, तपाईंहरु मिडियाकर्मीलाई पनि थाहा छ । राजनीति दलहरुलाई पनि थाहा छ । नागरिक समाजलाई पनि थाहा छ । अन्तराष्ट्रिय समुदायलाई पनि थाहा छ ।’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो, ‘यसकारण जनताले अहिले पहिलो चरण्को चुनावमा भोट काँग्रेस–एमालेलाई अलिकति बढी जिताएजस्तो देखेपनि यो मेरो जीत हो । माओवादीको जित हो । दोस्रो चरणमा जनताले कुरा बुझ्छन् भन्ने मेरो विश्वास छ ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार गठनको औचित्यपूष्टी गरेको र यसको औचित्य खोजिरहेकालाई प्रर्याप्त जवाफ दिइएको पनि बताए । ‘मेरो नेतृत्वमा सरकार गठन हुँदा केहीले प्रश्न उठाएका थिए । चुनाव गराउन सक्दैन भन्ने पण्डितहरु पनि थिए । अब उनीहरुलाई जवाफ पुगेको होला भन्ने मलाई लागेको छ ।’ प्रधानमन्त्री प्रचण्डको भनाई थियो, ‘संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयनका लागि निर्वाचन गर्ने कुरा सरकारको कार्यसूचि थियो । स्वीकार्यता बढाउने गरी काम पनि बढेको छ । चुनाव भैसकेको छ । यसकारण सरकारको औचित्य पूर्ण रुपमा पुष्टी भएको छ । मेरो नेतृत्वको सरकार सफल भएको मेरो बुझाई छ ।’
चौतर्फी घेराबन्दीकाबीच पनि स्थानीय तहको चुनाव गराउन सकेको भन्दै राष्ट्रिय–अन्तराष्ट्रिय सवै क्षेत्रबाट आफुलाई विशेष धन्यवाद आएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । ‘निष्पक्ष, शान्तिपूर्ण र उत्साहजनक सहभागितासहित चुनाव गराएकोमा मलाई जहाँकहीँबाट बधाई आएको छ ।’ प्रधानमन्त्रीले भने, ‘चुनाव गराउन सहयोग गर्ने सवैलाई मैले विशेष धन्यवाद दिएको छु । राष्ट्रका नाममा विशेष सम्बोधन गरेर थप कुरा भन्छु ।’
प्रधानमन्त्री प्रचण्डले अब दोस्रो चरणको चुनावपनि तोकिएकै मितिमा सवैको सहभागितासहित हुने विश्वास गरे । source:ratopati.com
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qqBPiw
via IFTTT
0 comments:
Post a Comment