काठमाडौं, बैशाख २८–बिहिबार सीतादेवी घिमिरले ललितपुरको ठैब क्षेत्रमा भोट मागिन् । उनी चर्चित हाँस्यकलाकर कुञ्जना घिमिरे सुन्तलीकी आमा हुन् भने सीताराम कट्टेल धुर्मुसकी सासु ।
नेकपा माओबादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिकामा उपमेयरको टिकेट दिएसँगै उनलाई भोट माग्न भ्याई नभ्याई छ ।
भोट माग्न पार्टीका कार्यकर्ताहरुले सघाइरहेका छन् । तर उनका छोरी ज्वाँई सुन्तली र धुर्मुसले उनको चुनावी प्रचारमा नाक मुख देखाएनन् ।
ज्वाँई छोरीले सघाएनन् चुनाव प्रचारमा भन्ने रातोपाटीको प्रश्नमा सीतादेवी घिमिरेले भनिन्–“छोरी ज्वाँइलाई आइदिनुपर्यो भनेको हो नी । मान्दै मानेनन् । हामी कुनै पार्टीमा लागेका छैनौँ, तपाई आफै माग्नुस् भने ।”
ज्वाँई छोरीले नसघाए पनि आफ्नो चुनावी प्रचार राम्रो भइरहेको उनले बताइन् । भोट माग्न जाँदा महिललााई भोट दिनुपर्छ, महिलाले केही गर्नुपर्छ भनेर स्थानीयले आफूलाई विश्वास गरेको उनको भनाई छ ।
सासुआमाको चुनावमा किन सहयोग नगरेको भन्ने प्रश्नमा सीताराम कट्टेल धुर्मुसले भने–“हामी स्वतन्त्र नागरिक, स्वतन्त्र कलाकार भएकोले हामी कुनै दल बिशेषको चुनावी प्रचारमा जाँदैनौँ । सासुआमाले आग्रह गरेपछि नजिकमा आफन्त र चिनेका केही ब्यक्तिलाई फोन गरेर फोनबाटै भोट मागिदिँए ।”
चुनावका लागि आफूले महिलाको हक हीत, महिला अधिकार, महिला उत्थान, बाटोघाटोको विकास, धारा पानीको नारा लिएर हिँडेको उनले बताइन् । source:ratopati.com
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2r6417U
via IFTTT
0 comments:
Post a Comment