Photo of Milford Sound in New Zealand

ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेका मेयर उम्मेदवारले अग्रता लिनुभएको छ। एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८ सय ४२ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महजनले १७ सय ४५ मत ल्याउनु भएको छ।

तेस्रो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार दिनेश महर्जनले भने ७ सय ३३ मत ल्याउनु भएको छ।

२९ वडा रहेको ललितपुर महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पद गरी ६ सय ३४ जनाले उम्मेदवारी दिनु भएको थियो। एक लाख १२ हजार ९ सय २३ मतदाता रहेको ललितपुर महानगरपालिकामा ८९ हजार २ सय १४ मत खसेको निर्वाचन कार्यालयले बताएको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pP7t65
via IFTTT

0 comments:

Post a Comment

add

 
Top