Photo of Milford Sound in New Zealand

भनिन्छ समुन्द्र शास्त्रका अनुसार हरेक ब्यक्तिको हत्केलामा ब्यक्तिको पुरै जिन्दगीको लेखा-जोखा हुन्छ । यसलाई ब्रम्हा लेख पनि भनिन्छ ।जन्मको समय थाहा नभएपनि हत्केलालाई जन्मपत्रिका मान्ने समेत चलन छ ।हत्केलामा रहेका कैयौं रेखालाई समुन्द्र शास्त्रले एकदमै शुभ मानिएको छ भने कतिपयलाई अशुभ मानिन्छ । कतिपय चिन्हले हत्केलामा भएका शुभ रेखालाई समेत नकारात्मक प्रभाव पार्न सक्ने ज्योतिष शास्त्र बताउँछ

1. कुन चिन्ह भएको अशुभ हुन्छ त ?

यदि तपाइँको हत्केलामा जालीको चिन्ह छ भने अशुभ मानिन्छ । यो चिन्ह गुरु पर्वत अर्थात चोरी औंलाको तलपट्टी छ भने जिन्दगी भरी आर्थिक अभाव झेल्नु पर्छ । त्यसैगरी शुक्र पर्वत अर्थात बुढी औंलाको तलपट्टी यो चिन्ह छ भने यस्ता ब्यक्ति गुप्त प्रेम सम्बन्धमा हुन सक्छन् । हत्केलामा क्रशको चिन्ह छ भने यो अशुभ मानिन्छ । यो रेखाले अन्य शुभ रेखाको फलसमेत काट्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । भाग्य रेखामा यो चिन्ह हुनु भाग्यमाथिको रोकावटकोरुपमा बुझिन्छ । विवाह रेखामा यस्तो चिन्ह हुनु बैबाहिक जीवनमा बाधा हुने र विवाह सम्बन्धी कुरामा अड्चन आउन मानिन्छ । जीवन रेखामा परेमा यसलाई संकटकारी नै मानिन्छ ।

हत्केलामा टापुको चिन्ह छ भने यो पनि अशुभ मानिन्छ । यसले शुभ रेखाको प्रभाव समेत नष्ट गर्ने ज्योतिष शास्त्र बताउँछ । यस्तो रेखाले मानिसको मन चञ्चल र विचलित बनाउँछ । चन्द्र पर्वतमा यस्तो चिन्ह भएमा जलक्षेत्रमा दुर्घटना हुन सक्छ । शुक्र पर्वत नजिक यो चिन्ह भएमा प्रेममा धोका मिल्छ ।

विवाह रेखा, चन्द्र पर्वत र मंगल पर्वतमा वृत्त अर्थात गोलो चिन्ह छ भने यो अशुभ संकेत हो । यसले जलबाट खतराको संकेत दिन्छ । त्यस्तै बैबाहिक जीवनमा पनि यसले बाधा अड्चन पार्न सक्छ ।

भाग्य रेखामा त्रिभुजको चिन्ह हुनु भाग्यका लागि बाधक मानिन्छ । यस्ता ब्यक्तिको जीवनमा सफलताका लागि संघर्ष गर्नु पर्छ । यो रेखाले विवाहमा अड्चन ल्याउने वा बैबाहिक जीवनमा कठिनाइ हुने संकेत पनि हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pKvzyC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top