मुम्बई । एसिड आक्रमणको शिकार बनेकी ललिता बनेबंसीले विहे गरेकी छिन् । सामान्य झगडामा आफ्नै काकाको छोराले एसिड खन्याएपछि घाइते बनेकी ललिताको १७ पटकसम्म सर्जरी गर्न परेको थियो ।
२६ वर्षीय ललिताले २७ वर्षीय राहुल कुमारसँगको प्रेमलाई विहेको रुप दिएकी हुन् । उनको विहेमा बलिउडका अभिनेता विवेक ओबरोय समेत सामेल भएका थिए ।
विवेकले ललितालाई फ्ल्याट उपहार दिएका छन् । ललिता र राहुलले अदालतमा विहे गरेका हुन्, जहाँ एसिड आक्रमणका सिकार बनेका अन्य युवतीको समेत सहभागीता थियो ।
सन् २०१२ मा एसिड आक्रमणमा परेकी ललिताको फोनबाट झुक्किएर राहुललाई कल गएको थियो, सोही कल नै उनीहरुको प्रेम र विवाहको कारण बनेको हो ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qbCZ3f
via IFTTT
0 comments:
Post a Comment