Photo of Milford Sound in New Zealand

काठमाडौं, जेठ १४– शनिबार सोलेखुम्बुमा शनिबार भएको गोमा एयरलाइन्सको विमान दुर्घटनामा मृतकको ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गएराति सहचालक सुजन मानन्धरको मृत्यु भएको हो । यसअघि शनिबारै चालक पारस राइको मृत्यु भएको थियो ।

नाइन एनकेए कल साइन भएको विमान शनिबार लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।
काठमाडौंबाट लुक्लाका लागि कार्गो लिएर उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रूखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको थियो ।
चलक राईको लुक्लास्थित पासाङल्हामु अस्पतालमा लगिएको केहि घण्टामै मृत्यु भएको हो भने मानन्धरको उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घाइते एयर होस्टेज प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s3PJWW
via IFTTT
28 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top