Photo of Milford Sound in New Zealand

वैशाख २९, २०७४- भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।

घर नजिकै रहेको जंगलमा हिँडिरहेको एमाले कार्यकर्ता तामाङलाई माओवादी कार्यकर्ताले गोली प्रहार गरेका थिए । हतियारले ताकिरहेको देखेपछि तामाङ आत्तिएर लडेका थिए ।

तामाङ आत्तिएर लडेपछि गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । एमाले सम्बद्ध अनेमासंघ नगर कमिटिका सचिव रहेका तामाङ र माओवादी कार्यकर्ता भुजेलबीच राजनीतिक विषयमा यसभन्दा अघिदेखि विवाद रहँदै आएको थियो ।

गोलीप्रहार गर्ने माओवादी केन्द्रका कार्यकर्ता एकिन्द्र भुजेललाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलीप्रहार गर्ने भुजेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताए ।

एमालेले आफ्ना कार्यकर्ता माथि गोली प्रहार भएको घटनाप्रति भर्त्सना गरेको छ । नेकपा एमालेका सचिव शरणकुमार राईले आफ्नो कार्यकर्तामाथि नियोजित रुपमा गोली प्रहार भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

एमाले सम्बद्ध भातृ संगठनहरु पनि तामाङ माथि भएको गोली प्रहारको भर्त्सना गर्दै नजिकिँदै गएको निर्वाचनलाई भाँडन खोजेको आरोप लगाएका छन् । साथै उनीहरुले नजिकिँदै गएको स्थानीयतहको निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्थागर्न प्रशासन समक्षमाग गरेका छन् । source:kantipur.ekantipur.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pEK9sw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top