Photo of Milford Sound in New Zealand

एजेन्सी

काठमाडौँ, वैशाख २८ – विश्वमा यस्ता महिलाहरु पनि छन् जो कुनै पनि हद पार गर्न पछि पर्दैनन् । यसमा यस्ता महिलाहरु पनि छन् जसले आफ्नो पतिको हत्या गरेका छन् ।

यहाँ विश्वभरका यस्ता ५ महिलाको चर्चा गरिएको छ । जसमा कसैले आफ्नो पतिको हत्या गरेर गाडिन् भने कसैले मासुसमेत खाइन् ।

१. रजनी नारायण : पतिको यौनाङ्गमा पेट्रोल छर्केर आगो लगाइदिइन्

सन् २००८ को डिसेम्बरमा अस्ट्रेलियामा बस्ने रजनी नारायणले सुतिरहेको बेला आफ्नो पतिको यौनाङ्गमा पेट्रोल छर्केर आगो लगाइदिएकी थिइन् ।

यसबाट अत्तालिएका सतीश नारायणले छेउमा रहेको स्पिरिटको बोतल आगो लागेको ठाउँमा खनाउन पुग्छन् । जसले आगो झन् सल्किएको थियो ।

घटनाको २० दिनपछि उनको निधन भएको थियो । प्रहरीसँगको बयानमा रजनीले आफ्नो उद्देश्य पतिको यौनाङ्गमा मात्र नोक्सान पुर्याउन चाहेको बताएकी थिइन् । पतिको हत्या गर्ने आफ्नो कुनै उद्देश्य नभएको उनको भनाई थियो ।

२. क्याथरिन नाइट : पतिको टाउको प्रेसरमा पकाएर, बच्चालाई खान दिए

सन् २०० मा क्याथरिनले आफ्नो पूर्व पति जोन चाल्र्स थोमस प्राइसमाथि ३७ पटक छुरी प्रहार गरेर हत्या गरिन् ।

त्यसपछि शरीरबाट छाला निकालेर आफ्नो कोठामा झुण्डाएर राखिन् । उनले टाउको समेत काटेर कुकरमा पकाएर बच्चाहरुलाई खान दिएकी थिइन् ।

प्रहरीले उनलाई त्यतिबेला नै पक्राउ गरेको थियो ।

पेरोलसमेत नपाउने गरी उम्रकैदको सजाय पाउने क्याथरिन अस्ट्रेलियाकी पहिला महिला हुन् ।

३. किरणजीत अहलुवालिया : १० वर्षसम्म बलात्कार गर्ने पतिलाई जिउँदै जलाइन्

सन् १९८९ मा किरणजीत अहलुवालियाले पति दीपकमाथि कस्टिक सोडा र पेट्रोल छर्केर आगो लगाइदिइन् ।

दीपक किरणलाई धेरै यातना दिन्थे । उनीमाथि मारपिट गर्नुका साथै प्रायः हरेक दिन जबर्जस्ती करणी समेत गर्थे ।

१० वर्षसम्म उनले यो सहेर बसिन् । तर, अति भएपछि उनले दीपकलाई जिउँदै जलाउने निधो गरिन् । घटनामा दीपकको मृत्यु भएको थियो ।

लन्डनमा बस्ने भारतीय मूलकी किरणलाई उम्रकैदको सजाय सुनाइएको थियो । तर, उनको स्थितिलाई ध्यानमा राख्दै उनलाई चाँडै रिहा गरिएको थियो ।

४. मार्गरेट रुडिन : सम्पत्तिका लागि पतिको हत्या

द ब्ल्याक विडो किलर नामबाट चिनिने मार्गरेट रुडिन सन् १९९७ मा आफ्नो अरबपति पति रनको हत्याको आरोपमा पक्राउ परिन् ।

रन सन् १९९४ देखि गायब थिए । त्यतिबेलासम्म उनको पूरा सम्पत्तिको मालिक मार्गरेट थिइन् । लामो अनुसन्धान पछि पनि रनको पत्ता लाग्न सकेनन् ।

सन् १९९६ मा ड्राइभरले रनको शव देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसको लामो समयपछि फरार मार्गरेटलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछ पछि उनले नै सम्पत्तिका लागि पतिको हत्या गरेको खुल्यो । उनी हाल सजाय काटिरहेकी छिन् ।

५. वेलेरिया मेसेलिना : प्रेमीसँग मिलेर पतिलाई मार्ने योजना

रोममा ३८ इशापूर्व राजा क्लडियसको राज थियो । उनको तेस्रो पत्नी थिइन् वेलेरिया ।

उनी आफ्नो कामवासनाका लागि कुख्यात थिइन् । दरबारका कर्मचारीहरुसँग उनको सम्बन्धको चर्चा थियो ।

वेलेरियाको दुई सन्तान पनि थिए । जसको पालन पोषण क्लडियसको पहिलो पत्नी केलिगुलाले गर्थिन् । केलिगुलाको निधनपछि वेलेरिया रानी बनिन् ।

उनले आफ्नो पूर्व प्रेमीसँग मिलेर राजा क्लडियसको हत्याको योजना बनाइन् । तर, यसको खुलासा हुनपुग्यो ।

त्यसपछि उनलाई आत्महत्या गर्न आदेश दिइएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r41sTV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top